• २०८१ बैशाख ६ बिहीबार

को हुन् २३ वर्षीय युवा नेता जसले हङकङमा जारी प्रदर्शनको नेतृत्व गर्दै छन् ? 

kharibot

हङकङ । हङकङका एक दुब्ला पातला २३ वर्षीय साधारण युवा । तर, यिनै २३ वर्षीय युवाले विश्वमै शक्तिशाली राष्ट्रमध्ये एक चीनलाई चुनौती दिएका छन् । यिनको नाम जोसुआ वाङ हो । 

केही महिना अघि मात्रै हङकङ सरकारले सुपुर्दगी विधेयक ल्यायो जुन विधेयक पारित भए त्यहाँका अपराधीलाई चीनलाई सुपुर्दगी गर्न सक्न्थ्यिो र चीनमा नै मुद्दा चलाउन सकिन्थ्यो । यससँगै त्यहाँका नेता, आन्दोलनकर्ता आदिलाई समेत चीन सुपुर्दगी गर्न सकिने भएपछि आफ्नो स्वाधीनता गुम्ने देखेर वाङ आफ्नो समर्थकसहित सडकमा उत्रिए । 

जोसुआ वाङ ची फङ हङकङमा लोकतन्त्र स्थापित गर्ने कोसिसमा लागिपरेको पार्टी डेमोसिस्टोका महासचिव हुन् । राजनीतिमा सक्रिय हुनुभन्दा पहिला उनले विद्यार्थीको एक समूह स्कलरिजमको स्थापना गरेका थिए । वाङ सन् २०१४ मा आफ्नो देशमा आन्दोलनमा सक्रिय रहनुका साथै आन्दोलनको नेतृत्व गरेका कारण विश्वको नजरमा आए र त्यहाँ चलेको अम्ब्रेला मुभमेन्टका कारण अन्तर्राष्ट्रिय पत्रिका टाइमले उनको नाम सन् २०१४ का प्रभावशाली किशोरमा संलग्न गरेको थियो ।

त्यसको एक वर्षपछि सन् २०१५ मा पनि फोच्र्युन म्यागजिनले उनको नाम विश्वका महत्तम नेतामा समावेश गरेको थियो । त्यसै गरी वाङ २२ वर्षको हुँदा नै सन् २०१८ मा नोबेल शान्ति पुरस्कारका लागि उनको नाम छनोट भएको थियो । 

वाङ सन् २०१७ मा उनका दुई साथीसँगै पक्राउ परेका थिए । सन् २०१४ मा सिभिक स्क्वायरमा कब्जा गर्नुमा उनको भूमिका रहेको आरोप लगाइएको थियो । त्यसपछि पुनः सन् २०१८ मा उनलाई २०१४ को आन्दोलनको विषयलाई लिएर पक्राउ गरिएको थियो । 

हाल विश्वभरबाट वाङलाई उदाहरणीय अनुसरणीय व्यक्तिको रुपमा हेरिएको छ जसले स्वतन्त्रताका लागि सानैदेखि नै क्रान्तिकारी भूमिका निभाएका छन् । फेसबुकमा उनका ३ लाख ४० हजार र ट्वीटरमा २ लाख ७५ हजार फलोअर छन् ।  

युवा प्रदर्शनकारीको समूहलाई रोक्न चिनियाँ सरकारलाई हम्मेहम्मे परिरहेको छ । प्रदर्शनमा उपस्थित हुनेमध्ये अधिकांश २० देखि २५ वर्ष उमेरका युवा छन् । डोमेसिसेको अघिल्लो पंक्तिमा २२ वर्षीय नेता एग्नेस चाङ र २६ वर्षीय नेता नाथन लाङ छन् । 

बेलायतले आफ्नो उपनिवेश हङकङ चीनलाई सुम्पेदेखि नै त्यहाँको जनतामा चीनप्रति सन्तुष्टि देखिँदैन । यस्तैमा त्यहाँ पटकपटक प्रदर्शनहरु भइरहेका छन् । हालको प्रदर्शनको मुख्य कारण भने त्यहाँका प्रदर्शनकारीलाई चीन लगेर मुद्दा चलाउने विधेयक ल्याउनु नै हो । चीनको कम्युनिस्ट सरकारले यो विधेयकको माध्यमले हङकङमा आफ्नो आधिपत्य कायम राख्न चाहेको भनेर प्रदर्शन गरेका हुन् ।

हङकङ चीनको एक अंग भए पनि एक यहाँ एक स्वतन्त्र प्रशासनिक एकाइ छ । हङकङ चीनको एक विशेष अधिकारप्राप्त प्रशासनिक क्षेत्रको रुपमा परिचित छ । प्रदर्शनकारीहरुले यहाँ पूर्ण स्वतन्त्रताको माग गरिरहेका छन् । 

पछिल्ला केही हप्तादेखि हङकङको सडकमा लाखौं प्रदर्शनकारी उत्रेर विरोध जनाइरहेका छन् । प्रदर्शनकै कारण हङकङमा उडान नै रोकियो । कयौं हवाई कम्पनीले आफ्नो उडान नै रद्द गरे । यो प्रदर्शनको विशेषता के थियो भने अधिकांश प्रदर्शनकारी युवा थिए । युवाले नै प्रदर्शनको नेतृत्व गरिरहेका थिए । यहाँ पार्टीकार्यकता भन्दा पनि साधारण जनताको उपस्थिति बढी थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै