• २०८१ बैशाख ७ शुक्रबार

पोर्न साइटबाट लाखौं प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक 

kharibot

अमेरिका । विश्वभरका प्रयोगकर्ताको व्यक्तिगत विवरण लिक हुनुका साथै डेटा चोरीको समस्या बढिरहेको बेला हाल पोर्न साइटबाट पनि डेटा लिक भएको समाचार सार्वजनिक भएको छ । 

द नेक्स्ट वेबले पोर्न साइट लुसियसबाट १२ लाख प्रयोगकर्ताको डेटा लिक भएको उल्लेख गरेको छ । लुसियसले प्रयोगकर्तालाई लुकाएर पोर्न फोटो र एनिमेसन अपलोड गर्ने सुविधा उपलब्ध गराउँछ । 

भीपीएनमेन्टोरका एक अनुसन्धाताले साइटको कमजोरी पत्ता लगाएका हुन् । ती अनुसन्धाताले साइटको कमजोरीका कारण वयस्कका लागि मात्र पोस्ट गरिएका तस्वीर तथा भिडियोका साथै तिनको दर्शकको व्यक्तिगत विवरण पनि संकलन गर्न सफल भएका हुन् । 

भीपीएनमेन्टोरले यो लिकको बारेमा बताउँदै साइटको समस्याले गर्दा साइटमा प्रदत्त ईमेल, लिंग, देश आदि जस्ता व्यक्तिगत विवरण पत्ता लगाउन सफल भएको जानकारी दिए । उनले कमेन्ट, लाइक, अपलोड र ब्लग पोस्ट पनि सजिलै एक्सेस गर्न सकिएको बताए । यी सबै डेटा अनसेक्योर्ड र अनएनक्रिप्टेड फम्र्याटमा रहेको उनको भनाइ छ । 

प्रयोगकर्तामा स्क्यामको खतरा 

डेटासँग सम्बन्धित यो कमजोरीको कारण पत्ता लगाउने भीपीएनमेन्टोरले यसबाट प्रयोगकर्ता ठूलो समस्यामा पर्न सक्ने चेतावनी दिए । ईमेल, देश आदिको बारेमा जानकारी पाइसकेपछि प्रयोगकर्ता जालसाजी, ह्याकिङ, ब्ल्याकमेल आदि गर्ने समूहको केन्द्रविन्दुमा आउन सक्ने उनको चेतावनी छ । केही ईमेल एड्रेसमा त प्रयोगकर्ताको सम्पूर्ण व्यक्तिगत विवरण समेत संलग्न रहेको उल्लेख छ । 

यसरी साइटको कमजोरी पत्ता लगाएर चेतावनी दिइसकेपछि कम्पनी तथा लुसियसका समूहले भने यो बग पत्ता लागेपछि तत्काल यसको समाधानमा लागेको र हाल समस्या सुल्झिसकेको बताएको छ । यसबारे सुसियसले अन्य कुनै टिप्पणी नगरेकाले भीपीएनमेन्टोरले मात्रै बग पत्ता लगाएको हो कि अन्यको हातमा पनि डेटा पुगेको छ भन्नेबारे भने स्पष्ट भएको छैन । 

यसरी तीव्र गतिमा डेटा लिकको समाचार सार्वजनिक भइरहेको अवस्थामा सरकार तथा कम्पनीहरुले नै प्रयोगकर्तालाई यस्ता गतिविधिबाट सचेत रहन सूचना जारी गरिरहेका छन् ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै