• २०८१ बैशाख ७ शुक्रबार

ज्याक्लिन र साजिद फेरी नजिकिए !

kharibot

मुम्बई । बलिवुडमा एक समयका चर्चित जोडी अभिनेत्री ज्याक्लिन फर्नानडीज र निर्देशक साजिद खान फेरी एक भएका छन् ।

मुम्बई मिररका अनुसार ब्रेकअप पछि टाढिएको यो जोडी पछिल्लो केहि समयदेखि फेरी सँगै भएको हो । अहिले फेरी अफ्येर्समा नभएपनि दुवै फेरी साथि बनेको मिररले उल्लेख गरेको छ ।

सन् २०१३ मा हाउसफुल फिल्मका क्रममा नजिक भएका ज्याक्लिन र साजिद करिब एक बर्षको रिलेसनसिपपछि टाढिएका थिए ।

मिडिया रिपोर्टका अनुसार ज्याक्लिनले अहिले साजिदका भिनाजु शिरिष कुन्दरको फिल्ममा काम गरिरहेकी छन् । यसै क्रममा साजिद फिल्मको सुटिंग स्थलमा जाने र ज्याक्लिनलाई घर सम्म छोड्ने गरेको उल्लेख गरिएको छ ।

पछिल्लो समय मिटू अभियान अन्तर्गत यौन दुर्व्यवहारको आरोप लागेपछि साजिदले हाउसफुल-४ को निर्देशन समेत छोड्नु परेको थियो । यता ज्याक्लिन भने पछिल्लो पटक प्रभासको फिल्म साहोमा आइटम गीतमा देखिएकी छन् । अहिले बलिवुडमा व्यस्त मध्येकी एक

श्रीलंकाकी यी अभिनेत्रीले 'ब्याड ब्वाय' गीतका लागि २ करोड पारिश्रमिक लिएको चर्चा बलिवुडमा रहेको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै