• २०८१ बैशाख ११ मंगलबार

सरकारी आश्वासन कार्यान्वयन भएन : प्रतिवेदन

kharibot

काठमाडौं । राष्ट्रिय सभाको बैठकले ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात व्यवस्थापन प्राधिकरण विधेयक, २०७६ दफावार छलफलका लागि विधान व्यवस्थापन समितिमा पठाइयोस्’ भन्ने प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेश तिमल्सिनाले आजको बैठकमा सो विधेयकलाई निर्णयार्थ प्रस्तुत गरेका थिए । यसअघि बैठकमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले बैठकमा सो विधेयक प्रस्तुत गरेका थिए । 

प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिका सभापति रामनारायण विँडारीले समितिको वार्षिक प्रतिवेदन, २०७६ लाई बैठकमा पेश गरे । 

प्रतिवेदन पेश गर्दै उनले संसदीय मूल्यमान्यताअनुसार संसद् र संसदीय समितिले दिएका निर्देशनलाई सरकारले पालन गर्नुपर्ने बताए ।    

सरकारी आश्वासन प्रभावकारी कार्यान्वयन नभएको, प्रत्यायोजित विधानलाई मन्त्रालयले पालन नगरेका, राष्ट्रिय महत्वका अभिलेख दस्तावेजको प्रभावकारी सुरक्षण गरेको नपाइएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

बैठकमा राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त तीन  विधेयक टेबल गरे । 

ती विधेयकमा प्रहरी समायोजन विधेयक, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरीवेक्षण र समन्वय० विधेयक र वातावरण संरक्षण विधेयक, २०७६ रहेका छन् ।

राष्ट्रियसभाको अर्को बैठक भोलि भदौ  ५ गते बिहीबार बिहान ११ बजे बस्नेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै