• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री ओली र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

kharibot

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय विदेशमन्त्री एस जयशंकरबीच भेटवार्ता भएको छ ।

नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन नेपाल आएका जयशंकरले बुधबार दिउँसो प्रधानमन्त्री ओलीसँग प्रधानमन्त्री निवास बालुवाटारमा शिष्टाचार भेट गरेका हुन् ।

दिउँसो तीन बजे होटल याक एण्ड यतीमा आयोजना हुने नेपाल-भारत संयुक्त आयोगको बैठकमा जयशंकर सहभागी हुने छन् । बिहीबारसम्म चल्ने बैठकमा दुईपक्षीय सम्बन्ध, आर्थिक सहकार्य, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति, शिक्षालगायत विषयमा छलफल गर्ने एजेण्डा तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

सन् १९८७ मा स्थापना भएको संयुक्त आयोगको पछिल्लो बैठक २०१६ मा भारतको नयाँ दिल्लीमा भएको थियो । गत फेब्रुअरीमै हुनुपर्ने यो बैठक भारतमा हुनलागेको आम निर्वाचनका कारण अगष्टका लागि सरेको थियो ।

संयुक्त आयोगकोको अध्यक्षता नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र भारतका विदेशमन्त्री जयशंकरले संयुक्त रुपमा गर्ने छन् ।

नेपाल बसाइको क्रममा विदेशमन्त्री जयशंकरले राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेटवार्ता गर्ने छन् । राष्ट्रपति भण्डारीसँग बिहीबार बिहान साढे १० बजे भेटवार्ता तय भएको छ ।

नरेन्द्र मोदी सरकारको दोस्रो कार्यकाल सुरु भएयता भारतीय पक्षको यो पहिलो उच्चस्तरीय नेपाल भ्रमण हो ।

जयशंकर नेपालमा भूकम्पपछि भारतको नाकाबन्दीका प्रमुख योजनाकार मानिन्छन् । संबिधान निर्माणको अन्तिम समयमा भारतीय विदेश सचिव रहेका जयशंकर भारत सरकारको विशेष प्रतिनिधिको रुपमा नेपाल आएर संबिधान जारी नगर्न नेपालका नेताहरुलाई दबाब दिएकोले नेपालको उनको नकारात्मक छबी रहेको छ ।

दुई दिने भ्रमण पुरा गरि जयशंकर विहिबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।                    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै