• २०८१ बैशाख १३ बिहीबार

नेप्सेमा शून्य दशमलव ४२ अंक सुधार

kharibot

काठमाडौं । अघिल्लो दिन घटेको नेप्से आज भने बढेको छ । साताको चौथो कारोबार दिन आज बुुधबार नेप्से शून्य दशमलव ४२ अंकले बढेर १२ सय १४ दशमलव शून्य पाँच विन्दुुमा चढ्दा सेन्सिटिभ इन्डेक्स पनि शून्य दशमलव २२ अंंकले बढेर दुुई सय ६३ दशमलव ४१ विन्दुुमा चढेको छ । 

एक सय ६१ कम्पनीहरुको छ हजार दुुई सय ४९ वटा कारोबारमा १२ लाख ७० हजार एक सय १८ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद बिक्री हुंदा कारोबार रकम २९ करोड २६ लाख ४ हजार सात सय १८ रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा आठ वटा समुुहले गुमाएका छन् भने चार वटाले कमाएका छन् । सोमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव शून्य चार अंकले बढेर एक हजार ९८ दशमलव ६५ विन्दुुमा झर्दा जलविद्युत् समूहको सूचक पनि दुई दशमलव ३५ अंकले घटेर एक हजार ५० दशमलव ८९ विन्दुुमा झरेको छ । निर्जीवन बीमा समूहको सूचक पनि पाँच दशमलव नौ अंकले घटेर चार हजार आठ सय एक दशमलव १८ विन्दुुमा झरेको छ । 

यसबाहेक आज जीवन बीमा, होटल, उत्पादनमूलक, लघुुवित्त र सामूहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् । विकास बैंक समूहको सूचक भने आज शून्य दशमलव ४५ अंकले बढेर १५ सय ९४ दशमलव १३ विन्दुुमा चढेको छ । यीबाहेक फाइनान्स, टे«डिङ र अन्य समूहको सूचक पनि आज बढेको छ । 

बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको विशाल बजार कम्पनीको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ७३ पैसाले बढेर १५ सय ५१ रुपैैयाँमा कारोबार भएको छ भने बढी गुुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको गणपती माइक्रो फाइनान्सको प्रतिकित्ता सेयर मुल्य पाँच रुपैयाँ ४४ पैसाले घटेर पाँच सय ३८ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको सोल्टी होटल लिमिटेडको प्रतिकित्ता  दुुई सय २८ रुपैयाँ अन्तिम मूल्यमा चार करोड २० लाख २१ हजार छ सय ४४ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै