युवा वर्ष मोति पुरस्कार साहित्यकारद्वय चापागाईं र बललाई संयुक्त रुपमा प्रदान 

खरीबोट

काठमाडौँ । विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा  झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ ।

राष्ट्रिय विभूति युवाकवि मोतिराम भट्टको स्मृतिमा विसं २०४२ मा राष्ट्रिय युवा कोषद्वारा स्थापित सो पुरस्कारको राशि रु ५० हजारसहित स्वर्णपदक रहेको छ ।

पुरस्कार छनौट समितिका अध्यक्ष एवम् वरिष्ठ गीतकार कालीप्रसाद रिजालको अध्यक्षतामा आज बसेको बैठकले उनीहरूलाई सो पुरस्कार अर्पण गर्ने निर्णय गरेको हो ।

यही भदौ १३ गते १५४औ मोति जयन्तीका अवसरमा पुरस्कार तथा सम्मान अर्पण गरिने कोषका अध्यक्ष भीमबहादुर अधिकारीले जानकारी दिए ।

उक्त कोषले नेपाली भाषा साहित्यको उत्थान, श्रीवृद्धि तथा युग कवि मोतिराको विषयमा अध्ययन अनुसन्धान गर्र्दै आएको छ । हालसम्म सो पुरस्कारबाट ६७ स्रष्टा सम्मानित भइसकेका छन् ।
 

सम्बन्धित समाचार

मदन–शीला सम्मान राष्ट्रकवि घिमिरेलाई दिने निर्णय

काठमाडौँ । मदन–शीला प्रतिष्ठानले राष्ट्रकवि माधव घिमिरेलाई मदन–शीला स्रष्टा सम्मान–२०७५ दिने निर्णय गरेको छ । प्रतिष्ठानका अध्यक्ष प्रा डा वासुदेव त्रिपाठीको अध्यक्षतामा आज बसेको बैठकले सो निर्णय गरेको हो । सो

विपी साहित्य सम्मान पुरस्कार वैरागी काइलालाई प्रदान

काठमाडौँ । विपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान पुरस्कार र सेनानी पुरस्कार वरिष्ठ साहित्यकार तिल विक्रम नेवाङ 'वैरागी काइला' लाई प्रदान गरिने भएको छ । ट्रष्टका

युवा वर्ष मोति पुरस्कार साहित्यकारद्वय चापागाईं र बललाई संयुक्त रुपमा प्रदान 

काठमाडौँ । विसं २०७६ को ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय शङ्कर चापागाईं (धनकुटे कान्छा  झापा) र फुलवान बल (काभ्रे) लाई संयुक्त रुपमा प्रदान गरिने भएको छ । राष्ट्रिय विभूति युवाकवि

प्रज्नाको मार्मिक गीत 'फर्कि आऊ' सार्वजनिक

वाशिंगटन । अमेरिकाको  केन्टकी राज्यमा  बस्ने  प्रतिभाशाली ८  वर्षिया बालिका प्रज्ना पाठकले  जन्मदिनको अवसरमा मार्मिक गीत 'फर्कि आऊ' को लिरिकल भिडियो सार्बजनिक गरेकी छिन् । चर्चित  गायक/संगीतकार  स्वरूपराज आचार्यको  संगीत र


z