• २०८१ बैशाख १२ बुधबार

काठमाडौँ महानगरमा सामाजिक सुरक्षा भत्ताका लागि नाम दर्ता तथा नविकरण शुरु

kharibot

काठमाडौं । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने (जेष्ठ नागरिक, एकल महिला, बिधवा, पूर्ण अपाङ्गता भएका व्यक्ति, अति अशक्त अपाङ्ग, दलित, जनजाति, तोकिएका बालबालिका) व्यक्तिको नाम दर्ता तथा नविकरण शुरु भएको छ ।

महानगरको सामाजिक बिकास बिभागले सार्वजनिक सूचना प्रकाशन गर्दै आउँदो पुष मसान्तभित्र नयाँलाई नाम दर्ता गराउन र भत्ता लिइरहेकालाई नबिकरण गराउन अनुरोध गरेको छ । निवेदकले आफ्नो स्थायी ठेगाना रहेको वडा कार्यालयमा गएर तोकिएको ढाँचामा दरखास्त दिन सक्नेछन् ।

सामाजिक सुरक्षा ऐन, २०७५ तथा सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन कार्यबिधि, २०७५ बमोजिम रीत र योग्यता पुगेका यस्ता व्यक्तिलाई नेपाल सरकारबाट प्राप्त हुने सामाजिक सुरक्षा भत्ता स्थानीय सरकारमार्फत प्रदान हुने व्यवस्था छ ।

साबिकमा सामाजिक सुरक्षा भत्ता पाईरहेका लाभग्राहीहरुले निरन्तर भत्ता प्राप्त गर्न र सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न तोकिएको योग्यता पुगेका नागरिकले चालु आर्थिक बर्षदेखि भत्ता प्राप्त गर्न २०७६ श्रावण महिनादेखि २०७६ साल पौष मसान्तभित्र नाम दर्ता गराई सक्नु पर्नेछ । यसरी नाम दर्ता गर्दा, तीनपुस्ते विवरण, नागरिकता नम्बर र सम्पर्क नम्बरसहितको विवरण उपलब्ध गराउनु पर्नेछ ।

पुष मसान्तभित्र नाम दर्ता नगराए वा नविकरण नगरे भत्ता रकम पाइनेछैन । सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न जेष्ठ नागरिकको हकमा (महिला÷ पुरुष दुवै) ७० बर्ष उमेर पूरा गर्नुपर्छ । तर दलित जेष्ठ नागरिक र एकल महिलाले ६० बर्ष उमेर पूरा भएपछि भत्ता पाउँछन् । बिधवाको हकमा भने उमेर सम्बन्धि शर्त लागु हुँदैन ।

यस बर्ष सामाजिक सुरक्षा भत्ता रकममा बृद्धि भएपछि जेष्ठ नागरिक र पूर्ण अपाङ्गले मासिक ३ हजार रुपैयाँ पाउने भएका छन् । गएको बर्ष उनीहरुले २ हजार रुपैयाँ पाउँदै आएका थिए । एकल महिला र बिधवाले अब मासिक २ हजार रुपैयाँ प्राप्त गर्नेछन् । गएको बर्ष उनीहरुले मासिक १ हजार रुपैयाँ पाउँथे । गएको बर्षसम्म मासिक ६ सय रुपैयाँ प्राप्त गर्दै आएका आंशिक अपाङ्गहरुले यस बर्ष १२ सय रुपैयाँ प्राप्त गर्नेछन् ।

बाबुआमा कोही पनि रोजगार नभएका दलित समुदायका बालबालिकालाई दिइने बाल पोषण भत्ता महानगरको २८ वडाका २ जनाले प्राप्त गरिरहेका छन् । यो भत्ता ५ बर्ष उमेर पूरा नहुञ्जेल दिइने महानगरले जानकारी दिएको छ  ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै