• २०८१ बैशाख ७ शुक्रबार

वरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन

kharibot

काठमाडौं । वरिष्ठ फिल्म निर्देशक किशोर रानाको निधन भएको छ । रानाको बुधबार ललितपुरस्थित निदान हस्पिटलमा निधन भएको नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले जानकारी दिएका छन् ।

निर्देशक राना दुवै मृगौलामा खराबीपछि र सफल मृगौला प्रत्यारोपणपछि लामो समयदेखि अस्वस्थ रहेका थिए ।

उनले पहिलो नेपाली सिनेमास्कोप चलचित्र रांको, कर्जा, करोडपती, घाम छायां, सीमारेखालगायत थुप्रै सफल नेपाली चलचित्र निर्देशन गरेका थिए । 

निर्देशक रानाका भाइ निर्देशक रन्जित रानाका अनुसार उनका छोरा बिदेशमा रहेकाले भोली आएपछि मात्रै अन्त्येष्टि गरिने भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै