राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

खरीबोट

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ ।

हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र हेफर इन्टरनेशनल नेपालका राष्ट्रिय निर्देशक डा.शम्भु नारायण महतोले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि हेफर इन्टरनेशनल नेपालको सिफारिसमा बाख्रपालन, डोरी व्यवसाय, तरकारी खेती र लोकल कुखुरा पालनमा संलग्न सहकारी सदस्यका कृषकहरुलाई बैंकले नियमानुसार सहुलियपूर्ण कर्जा अन्तर्गत सहुलियत दरमा कर्जा लगानी गर्ने छ ।

समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले सम्झौता पश्चात राज्यले लिएको नीति तथा कार्यक्रममा सहयोग पुग्ने गरी जनताको जीवनस्तरमा परिवर्तन आउने  गरी राष्ट्रिय वाणिज्य बैंकले कृषि उद्यमी गर्न चाहने कृषकहरुलाई सहूलियत रुपमा कर्जा लगानी गरिने बताए । श्रेष्ठले बैंकको ७ प्रदेश ७७ वटै जिल्लामा रहेको २२२ वटै शाखा कार्यालयहरुबाट यो कर्जा लिन सकिने बताए ।

हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीले यो सम्झौता नेपालको गरिबी निवारणमा कोशेढुङ्गा सावित हुने बताउदै हेफर इन्टरनेशनल नेपालको सिफारिस बमोजिम लगानी भएको कर्जाको असुलीमा हेफरको पनि नैतिक दायित्व रहने बताए । उनले हेफरले हालसम्म नेपालमा ४१ जिल्लाका २ लाख ५० हजार गरिब तथा पिछडिएका परिवारलाई सहयोग गर्दै आईरहेको बताए ।  

उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत केशबप्रसाद लम्साल, उपकार्यकरी अधिकृतहरु टेकराज जोशी, महेन्द्रप्रसाद अवस्थी, देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, हेफर इन्टरनेशनल नेपालका कार्यक्रम निर्देशक निना जोशी, डा.तीर्थराज रेग्मी, बित्त निर्देशक रेग्मी लगायतको उपस्थिती रहेको थियो । कार्यक्रममा कृषि तथा सामाजिक बैंकिङ्ग विभागका प्रमुख राज्य लक्ष्मी खड्गीले कार्यक्रम संचालन गरेकी थिइन् ।  
 

सम्बन्धित समाचार

राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंकबीच आरटीजीएस सम्झौता 

काठमाडौँ । नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेड बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजीएस) प्रणाली लागु गर्ने सम्बन्धमा सोमबार सम्झौता भएको छ । नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका

राष्ट्रिय वाणिज्य बैंकको १४ नयाँ शाखाको संयुक्त समुद्घाटन  

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको ५ प्रदेशका १२  जिल्लामा रहेका १४ वटा नयां शाखा कार्यालयहरुको संयुक्त डिजिटल प्रविधिबाट अर्थमन्त्री डा.युबराज खतिवडाले समुद्घाटन गरेका छन् । यो सँगै बैंकको शाखा

राष्ट्रिय वाणिज्य बैंकले धितोपत्र सहायक कम्पनी स्थापना गर्ने 

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको विशेष साधारण सभा सम्पन्न भएको छ । विशेष साधारण सभाले बैंकले धितोपत्र दलाल, धितोपत्र ब्यापारी तथा बजार निर्माता सम्बन्धि कार्य गर्न सहायक कम्पनी स्थापना गर्ने

राष्ट्रिय वाणिज्य बैंक र हेफर इन्टरनेशनल नेपालबीच सम्झौता

काठमाडौ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र हेफर इन्टरनेशनल नेपालबीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा सम्झौता भएको छ । हेफर इन्टरनेशनलका बरिष्ठ उपाध्यक्ष डा. महेन्द्रनाथ लोहनीको समुपस्थितिमा भएको सम्झौतापत्रमा बैंकका प्रमुख


z