• २०८१ बैशाख ५ बुधबार

भ्रमणबर्षलाई सफल पार्न कुमारी बैंक र ललितपुर वाणिज्य संघको पदयात्रा

kharibot

काठमाडौं । कुमारी बैंक लिमिटेडले भ्रमणबर्ष नेपाल २०२० लाई सफल पार्न निजी क्षेत्रको पुर्वतयारीको रुपमा ललितपुर जिल्लामा अवस्थित नयाँ पर्यटकीय गन्तव्यहरुको पहिचान एवं प्रचारप्रसार गर्ने अभिप्रायका साथ करिब १९ कि.मि.को वार्मअप वाकाथन कार्यक्रमको आयोजक ललितपुर उद्योग वाणिज्य संघसँग सहकार्य गरेको छ ।

कुमारी बैंक मुख्य–प्रायोजक रहेको यस पदयात्रा कार्यक्रमबाट संकलित रकम भूकम्पले क्षतबिक्षत्  भएको भीमसेन मन्दिर पुनर्निर्माण कार्यमा लगाईनेछ ।

साथै, कार्यक्रम सम्बन्धी आमजनमानसलाई अवगत गराउने उद्देश्यका साथ आयोजित पत्रकार सम्मेलनमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत राजीव गिरीले पदयात्रामा सहभागिता जनाउनेहरूका लागि टीसर्ट ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णलाल महर्जनलाई हस्तान्तरण गरेका थिए । सो कार्यक्रम ललितपुर पर्यटन क्षेत्र विकासका लागि कोसेढुंगा सावित हुनेमा वाणिज्य संघ विश्वस्त छ ।

“हाम्रो सम्पदा, हामी आफै बनाऔं” भन्ने महान् अभिलाषा सहित स्थापना कालदेखि नै सम्पदा संरक्षण र सम्बद्र्धनमा सदा सदैव अग्रणी भूमिका खेल्दै आएको यस ललितपुर उद्योग वाणिज्य संघले पर्यटकीय दृष्टिकोणले अत्यन्त महत्वपुर्ण दरबार स्क्वायर अवस्थित व्यवसायीहरुको आराध्यदेबको रुपमा पुजिँदै आएको भिमसेन मन्दिरको पुनर्निर्माणमा नेतृत्वदायि भूमिका बहन गर्दै मन्दिरको पुनर्निर्माणको कार्यको थालनी गरेको छ ।

यहि आउँदो आश्विन ४ गतेबाट पाटन दरबारस्क्वायर क्षेत्रबाट शुरु हुने उक्त पदयात्रा ग्वार्को, इमाडोल, सानागाँउ, लुभू, हरिसिद्धि, धापाखेल, सुनाकोठि, बुंगमति हुदै ललितपुरको खोकनामा पुगेर सम्पन्न हुनेछ ।

यस पदयात्राको उद्देश्य स्थानिय तबरबाट भिजिट नेपाल २०२० लाई सफल पार्न आवश्यक पूर्वाधारहरुको पहिचान गर्दै सोको प्रवद्र्धन र प्रचार प्रसार गर्नु रहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै