• २०८१ बैशाख १३ बिहीबार

विज्ञापन नियमन विधेयक पारित : ‘क्लिन फिड’ तत्काल लागू हुने

kharibot

काठमाडौँ । प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको विधेयक पारित गरेको छ ।

समितिको आजको बैठकले राष्ट्रियसभाले संशोधनसहित पारित गरेका केही बुँदालाई साविककै रुपमा पारित गर्ने निर्णय गरेको सभापति कल्याणीकुमारी खड्काले जानकारी दिईन ।

राष्ट्रियसभाले सरकारले राजपत्रमा सूचना प्रकाशित गरेपछि तोकेको मितिका आधारमा ‘क्लिन फिड’ लागू हुने व्यवस्थासहित विधेयक पारित गरेको थियो । समितिले भने तत्कालै लागू हुने व्यवस्था गरेको छ । ऐन लागू हुनुअघि विदेशी प्रशारण संस्थासँग सम्झौता गरी विज्ञापन बजाइरहेका प्रशारण माध्यमले भने एक वर्षभित्र ‘क्लिन फिड’ लागू गर्नुपर्नेछ ।

यसैगरी विधेयकमा टेलिफोन र विद्युत्का पोलमा विज्ञापन गर्न नपाइने प्रावधानसमेत राखेको छ । विधेयकमा सरकारी विज्ञापन गर्दा विज्ञापन बोर्डमार्फत वितरण गर्नुपर्ने व्यवस्था गरिएको छ ।

बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले विधेयक पारित भई ऐनका रुपमा कार्यान्वयनमा आएपछि अव्यवस्थित देखिएको विज्ञापन बजार नियमन हुने बताए । यसले अर्थतन्त्रमा समेत टेवा पुग्ने उनको विश्वास थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै