• २०८१ बैशाख ५ बुधबार

नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु

kharibot

काठमाडौं । नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठक काठमाडौंमा सुरु भएको छ । संयुक्त आयोगको बैठक बुधबार होटल याक एन्ड यतिमा सुरु भएको हो ।

आयोगको बैठकमा नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, उनका भारतीय समकक्षी सुब्रमन्यम् जयशंकरसहित  दुबै देशका उच्च अधिकारीहरु सहभागी छन् । बैठक बिहीबारसम्म चल्नेछ ।

बैठकमा दुवै मुलुकका परराष्ट्रमन्त्रीहरू प्रदीप ज्ञवाली र जयशंकरले आआफ्नो धारणा प्रस्तुत गर्नेछन्। त्यसपछि प्रस्तुत एजेन्डामा विषयगत छलफल हुनेछ ।

बैठकमा विगतमा भएका सहमति र सम्झौताको समीक्षा, नेपाल–भारत बहुआयमिक सम्बन्धका समग्र पक्षमा गहन छलफल हुनका साथै राजनीतिक सम्बन्ध, सिमाना र सुरक्षा, आर्थिक सहयोग एवं पूर्वाधार, व्यापार तथा पारवहन, ऊर्जा र जलस्रोत, संस्कृति र शिक्षाबारे विचारविमर्श हुनेछ ।

सन् १९८७ मा स्थापना भएको नेपाल-भारत संयुक्त आयोगको पछिल्लो बैठक २०१६ मा भारतको नयाँ दिल्लीमा भएको थियो । गत फेब्रुअरीमै हुनुपर्ने यो बैठक भारतमा हुनलागेको आम निर्वाचनका कारण अगष्टका लागि सरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै