एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल माल्दिभ्ससँग सोझो सेटमा पराजित

खरीबोट

काठमाडौँ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टिम लगातार दोस्रो खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको माल्दिभ्सविरुद्धको खेलमा नेपाल तीन सेटको सोझो सेटमा नेपाल पराजित भएको छ । माल्दिभ्सले नेपाललाई २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित गरेको थियो ।

माल्दिभ्सले नेपाललाई पराजित गरेपछि समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ए बाट किर्गीकिस्तान लगातार दुई खेलमा विजयी हुदै सेमिफाइनलमा पुगिसकेको छ ।

नेपालले अब प्रतियोगितामा अर्को खेल ५औ र छैठौ स्थानका लागि समुह बिको तेस्रो हुने टिमसँग खेल्ने छ ।

त्यस्तै आजै भएको खेलमा समुह ए बाट अफगानिस्तानलाई सोझो सेटमा २५–२३, २९–२७ र २९–२७ ले पराजित गर्दै उज्वेकिस्तान सेमिफाइनलमा पुगेको छ ।

आजै हुने अर्को खेलमा तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ ।
 

सम्बन्धित समाचार

सागका लागि महिला भलिबल खेलाडी छनोट

काठमाडौँ । नेपाल भलिबल सङ्घले १३औँ दक्षिण एशियाली खेलकूद प्रतियोगिता (साग) का लागि महिला भलिबल खेलाडी छनोट गरेको छ । साउन १ गतेदेखि बन्द प्रशिक्षणमा रहेका २५ खेलाडीबाट प्रारम्भिक चरणमा

एभीसी सेन्ट्रल जोन भलिबलमा अफगानिस्तानमाथि नेपाल विजयी

काठमाडौँ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा नेपालले अफगानिस्तानलाई पराजित गर्दै पाँचौं स्थान हासिल गरेको छ । आज भएको खेलमा नेपालले अफगानिस्तानलाई ३-१ को सेटले पराजित गरेको हो । नेपालले

एभीसी सेन्ट्रल जोन भलिबल : पाँचौं स्थानका लागि नेपाल र अफगानिस्तान भिड्दै

काठमाडौँ । एभीसी मेन्स सिनियर सेन्ट्रल जोन भलिबलमा पाँचौं स्थानका लागि नेपाल आज अफगानिस्तानसँग भिड्दैछ । समूह चरणको खेलाबाट दुवै टोली तेस्रो स्थानमा रहेका थिए । नेपाल समूह ‘ए’को दुवै खेलमा

एभिसी सेन्ट्रल जोन भलिबलको फाइनलमा उज्वेकिस्तान र किर्गिस्तान

काठमाडौँ । घरेलु मैदानमा पहिलो पटक आयोजना भएको एशियन भलिबल कन्फडेरेसन (एभिसी) सेन्ट्रल जोन सिनीयर पुरुष भलिबल प्रतियोगिताको फाइलनमा उज्वेकिस्तान र किर्गिस्तान भिड्ने भएका छन् ।   लगनखेलस्थित त्रिभुवन आर्मी क्लबको


z