• २०८१ बैशाख ८ शनिबार

एभिसी सेन्ट्रल जोन भलिबलमा नेपाल माल्दिभ्ससँग सोझो सेटमा पराजित

kharibot

काठमाडौँ । एभिसी सेन्ट्रल जोन भलिबल च्याम्पियनसिपमा नेपाली राष्ट्रिय टिम लगातार दोस्रो खेलमा पराजित हुदै प्रतियोगिताबाट बाहिरिएको छ ।

लगनखेलस्थित आर्मीको कभर्डहलमा भएको माल्दिभ्सविरुद्धको खेलमा नेपाल तीन सेटको सोझो सेटमा नेपाल पराजित भएको छ । माल्दिभ्सले नेपाललाई २५-२२, २५-२१ र २५-१४ को सेटमा पराजित गरेको थियो ।

माल्दिभ्सले नेपाललाई पराजित गरेपछि समुह ए मा उपविजेता हुदै सेमिफाइनलमा प्रवेश गरेको छ । समुह ए बाट किर्गीकिस्तान लगातार दुई खेलमा विजयी हुदै सेमिफाइनलमा पुगिसकेको छ ।

नेपालले अब प्रतियोगितामा अर्को खेल ५औ र छैठौ स्थानका लागि समुह बिको तेस्रो हुने टिमसँग खेल्ने छ ।

त्यस्तै आजै भएको खेलमा समुह ए बाट अफगानिस्तानलाई सोझो सेटमा २५–२३, २९–२७ र २९–२७ ले पराजित गर्दै उज्वेकिस्तान सेमिफाइनलमा पुगेको छ ।

आजै हुने अर्को खेलमा तुर्कमिनिस्तान र बंगलादेश खेल्नेछन् । अघिल्लो चरण प्रवेशको गणितिय सम्भावना बाँकी राख्न तुर्कमिनिस्तानलाई जित आवश्यक छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै