सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु

खरीबोट

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ ।

आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले नेपाली सेनाको उक्त ब्यारेक भवनमा टायल मार्बलको काम गर्ने भारत मोतिहारी घर भई हाल सोही ब्यारेक भवनमा बस्दै आएका १९ वर्षीया प्रदीपकुमार हजामको करेन्ट लागेर मृत्यु भएको जानकारी दिए ।

करेन्ट लागेर घाइते भएका हजामको भक्तपुर अस्पताल उपचारका क्रममा मृत्यु भएको जानकारी दिँदै प्रहरीले घटनाको अनुसन्धान शुरु गरेको जानकारी दिए ।
 

सम्बन्धित समाचार

नेपाली सेनाद्वारा शान्ति सैनिकको भत्ता वृद्धि

काठमाडौँ । नेपाली सेनाले शान्ति सेनामा सहभागी हुने सिपाहीलाई खाइपाइ आएको भत्तामा प्रतिमहीना ८५ अमेरिकी डलर वृद्धि गर्ने निर्णय गरेको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाको अध्यक्षतामा सोमबार बसेको सैनिक कल्याणकारी कोष

टर्कीमा सैनिक बर्खास्तको क्रम अझै रोकिएन

अंकारा । टर्कीमा सन् २०१६ जुलाई १५ मा भएको असफल सैनिक ‘कू’ पछि अहिलेसम्म पनि सैनिकलाई बर्खास्त गर्ने क्रममा रोकिएको छैन् । हालै सार्वजनिक भएको एक तथ्यांकअनुसार हालसम्म १७ हजार

गैरसैनिकलाई ‘कम्ब्याट’ पोशाक निषेध

डोटी । जिल्ला प्रशासन कार्यालय डोटीले एक परिपत्र जारी गरी जिल्लाका गैरसैनिक व्यक्तिलाई सैनिकले लगाउनेखालका पोशाक ‘कम्ब्याट ड्रेस’ लगाउन निषेध गरेको छ ।  जिल्लामा अधिकांशले त्यस्तो पोशाक लगाउने गरेकाले उक्त पोशाक

सैनिक ब्यारेकमा करेन्ट लागेर कामदारको मृत्यु

मध्यपुरथिमि । चाँगुनारायण नगरपालिका– ५ खरिपाटीस्थित नेपाली सेनाको ब्यारेक सैनिक प्रतिष्ठान खरिपाटीमा करेन्ट लागेर आज एक मजदूरको मृत्यु भएको छ । आज महानगरीय प्रहरी परिषर भक्तपुरका प्रहरीले नायब उपरीक्षक रेवतीरमण पोखरेलले


z