• २०८१ बैशाख ८ शनिबार

मनमैजु मालपोतका कार्यालय सहयोगी र जग्गा कारोबारी घुससहित पक्राउ 

kharibot

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय मनमैजु, काठमाडौंमा कार्यरत कार्यालय सहयोगी कान्छा भण्डारीलाई घुससहित पक्राउ गरेको छ ।

अख्तियारका अनुसार कार्यालय सहयोगी भण्डारी र जग्गा कारोवारी ईश्वर केसीले बैंक तथा बित्तिय संस्थाहरूबाट ऋण दिने प्रयोजनको लागि जग्गा रोक्का राख्न सहज गरिदिएबापत सेवाग्राहीसँग ३५ हजार घुस रकम लिइसकेको अवस्थामा मालपोत कार्यालय मनमैजुको पूर्वको ब्रदर किचनबाट रकमलिई कार्यालय परिसरमा जादै गरेको अवस्थामा पक्राउ गरेको जनाएको छ ।

अख्तियारले अहिले उनीहरुलाई नियन्त्रणमा लिएर अनुसन्धान भईरहेको जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै