गोँगबुको होटलमा युवा युवती मृत फेला

खरीबोट

काठमाडौँ । टोखा नगरपालिका–९ गोँगबुस्थित मोरङ, पर्वत, धौलागिरि, पोखरा होटल एण्ड लजमा दुई व्यक्ति मृत अवस्थामा फेला परेका छन् । 

उक्त होटलको १११ नम्बर कोठामा मङ्गलबार राति होटलमा बस्न आएका चितवन चैनपुरका ३७ वर्षीय यामबहादुर मगर र काभ्रेपलाञ्चोक पनौतीकी २८ वर्षीय सविना तामाङ बजगाईं आज दिउँसो मृत अवस्थामा फेला परेका हुन् । 

महानगरीय प्रहरी वृत्त महाराजगञ्जका प्रमुख, प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसार्इंले मङ्गलबार राति सुत्न आएको दुवैजना आज दिउँसो २ बजेसम्म पनि नउठेपछि प्रहरीमा खबर आएको जानकारी दिए । दुवै व्यक्ति के कारणले मरे भन्नेबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
 

सम्बन्धित समाचार

लेक लागेर पर्यटकको मृत्यु

सोलुखुम्बु । मेरापिक क्षेत्रमा लेक लागेर आज एक पर्यटकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा भारतीय नागरिक ३३ वर्षीय गोविन्द लखमान रहेको प्रहरी नायब उपरीक्षक नारायणप्रसाद चिमोरियाले जानकारी दिए । लेक लागेर

भरतपुरमा सवारी दुर्घटना, एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा

झाँक्रीले पेटमा प्वाल पारेका राजुको मृत्यु

काठमाडौं । मुखैले चुसेर पेटको जन्डिस निकाल्ने बहानामा पेट चिरेका ३९ वर्षीय बिरामी राजु मगरको सोमबार मृत्यु भएको छ । पेट चिरेर निको नभएका राजु अशक्त भएपछि भदौ २५ मा जिल्ला

चट्याङ लागेर बारामा एकको मृत्यु, एक घाईते

बारा । बाराको सिम्रौनगढ़ नगरपालिका-११ भगवानपुरमा चट्याङ लागेर एक जनाको घटना स्थल मैं मृत्यु भएको छ ।  सोमवार अपरान्ह करिब साढे ४ बजे परेको चट्याङ लागेर सिम्रौनगढ़ नगरपालिका-११ का ४० वर्षीय


z