• २०८१ बैशाख ७ शुक्रबार

लुकाकुको पिडा : म्यानचेस्टर युनाइटेडमा मलाई ‘कलप्रिट’ बनाइयो

kharibot

काठमाडौँ । इटालियन क्लब इन्टरमिलान गएका बेल्जियमका स्टार फुटबलर रोमेलु लुकाकुले म्यानचेस्टर युनाइटेडले आफुलाई संरक्षण नगरेको आरोप लगाएका छन् ।

इन्टरसँग नयाँ सम्झौता गरेपछि लुकाकुले युनाइटेडमा हारको दोष आफु माथि लगाइएको बताउदै सधै आफु, पोग्वा र सान्चेजलाई क्लब र फ्यानहरुले निशाना बनाएको बताएका छन् ।

इन्टर मिलान जाने पुर्वसन्ध्यामा रेकर्डेड पोडकाष्ट कुराकानीमा २६ बर्षिय स्ट्राइकरले युनाइटेडमा आफूमात्र नराम्रो नखेलेको तर दोष आफुलाई मात्र लगाइएको दाबि गरेका छन् । धेरै खेलाडी नराम्रो खेलेको भएपनि उनीहरुले आफुलाई ‘कलप्रिट’ बनाएको आरोप लगाए ।

राम्रो टिम हुदा हुदै पनि युनाइटेडमा आफ्नो क्षमता अनुसार खेल्न नसकेको बताउदै लुकाकुले युनाइटेडमा अहिले खेल्ने सिस्टम नै गलत भएको बताए । उनले आफुले राष्ट्रिय टिमबाट खेल्दा गोल गरिरहेको तर युनाइटेडबाट खेल्दा गोल गर्न नसकेको बताउदै क्लब फुटबल भन्दा राष्ट्रिय टिमको फुटबल गाह्रो भएको बताए ।

उनले भने, ‘ राष्ट्रिय टिमको फुटबल गाह्रो छ तर बेल्जियमको उत्कृष्ट खेल्ने शैलीका कारण अहिलेसम्म मैले ४८ गोल गरेको छ । तर सोहि सिस्टम युनाइटेडमा छैन । मैले विश्वकपमा समेत ४ गोल गरे । केहि साता अघि मात्र २ खेलमा ३ गोल गरे । तर सोहि कुरा युनाइटेडमा गर्न सकिन ।’

लुकाकुले युनाइटेडले आफुलाई मिडिया, फ्यानको आलोचनाबाट समेत नबचाएको आरोप लगाए । उनले मिडियामा अनेकौ हल्ला चल्दा समेत क्लबले कुनै प्रतिक्रिया नदिएको कसैले आएर स्पष्ट कुरा नगरेको कारण आफुले क्लब छोड्ने निर्णय गर्नुपरेको बताए ।

उनले भने, ‘मिडियामा केहि हल्ला चल्दा त्यसलाई क्लबले संरक्षण गर्नसक्नु पर्छ तर युनाइटेडले त्यसो गरेन । यति हल्ला चल्दा युनाइटेडबाट कसैले पनि मलाई राखेर समस्याको समाधान गर्ने प्रयास नै भएन ।’

उनले अगाडी भने, ‘मैले यसका लागि ३-४ सातासम्म पर्खिएपनि युनाइटेडले चासो नदेखाएपछि बाहिरिने निर्णय गरे ।’

लुकाकुले युनाइटेडका पाउल पोग्वा र एलेक्सिस सान्चेजलाई समेत अर्को कुनै क्लबमा जान सल्लाह दिएका छन् ।

मिडिया रिपोर्टका अनुसार सान्चेज इन्टर मिलानमा नै आउने लगभग तय भएको बताइएको छ भने पोग्वा अझै पनि रियल म्याड्रिड जानसक्ने बताइएको छ ।

लुकाकुलाई इन्टर मिलानले ९० मिलियन डलरमा किनेको मिडिया रिपोर्टमा जनाइएको छ ।

२०१७ मा प्रिमियर लिग क्लब एभर्टनबाट युनाइटेड आएका लुकाकुले दुई सिजनमा कुल ९६ खेल खेल्दै ४२ गोल गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै