• २०८१ बैशाख ८ शनिबार

प्रधानमन्त्री ओली आज सिंगापुर जादै

kharibot

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य उपचारका लागि आज फेरी सिंगापुर जादै छन् ।

यसअघि प्रधानमन्त्री ओली सिंगापुरमा करिब एक साता उपचार गराएर साउन २७ गते फर्किएका थिए । यसअघिको उपचारमा दुई साइकल औषधि चलाइएको र थप एक साइकल तीन साताको बीचमा चलाउनुपर्ने चिकित्सकको सल्लाहअनुसार सिंगापुर जान लागेका ओलीलाई औषधिको साइड इफेक्ट पनि देखिएको बताइएको छ ।

औषधिको साइड इफेक्टले ज्वरो आउने, टाउको दुख्ने जस्ता समस्या उनमा देखिएको छ । प्रधानमन्त्रीको स्वास्थ्यको बारेमा प्रधानमन्त्रीको सचिवालयले अहिलेसम्म स्पष्ट जानकारी भने अहिलेसम्म दिएको छैन ।

सिंगापुरस्थित नेसनल युनिभर्सिटी अस्पतालमा उपचार गराउँदै आएका ओलीको १२ वर्षअघि मृगौला प्रत्यारोपण गरिएको थियो ।

भिडियो कन्फ्रेन्समाफर्त क्याबिनेट सञ्चालन गर्ने व्यवस्था 

यसैबीच उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो ।

मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन, भिडियो कन्फ्रेन्समाफर्त बैठक सञ्चालन गर्न सकिने गरि संशोधन गरिएको बताइएको छ ।

मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गर्दै प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । प्रधानमन्त्री विदेश जाँदा उपप्रधानमन्त्री अथवा निकटतम मन्त्रीलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिने प्रचलन थियो ।

प्रधानमन्त्री विदेश भएका बेला तत्काल कुनै निर्णय लिनुपरेमा कार्यवाहक प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्को बैठक राख्ने प्रचलन थियो । तर, अब बैठक सञ्चालन कार्यसञ्चालन विधि संशोधनपछि प्रधानमन्त्रीले देश बाहिरबाट पनि मन्त्रिपरिषद् बैठक गरेर आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै