अछाममा जिप दुर्घटना, तीन जनाको मृत्यु 

खरीबोट

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकामा बुधबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बेलुकी सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज  ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जिपमा सवार बान्नीगढी जयगढ–४ का ३८ वर्षीय कालु सिंह आउजी, सोही ठाउँका ३५ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका–३ का २२ बर्षीय लाल बहादुर बोहोरा छन् । बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

आउजी र परियारको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चालकसहित तीन जना भने घाइते भएका छन् ।घाइतेहरुलाई भने उपचारको लागि न्याय हेल्थ बयलपाटा अस्पताल पठाइएको छ ।

सम्बन्धित समाचार

सिन्धुलीमा बस दुर्घटना, २३ जना घाइते

सिन्धुली । सिन्धुलीमा आज बस दुर्घटना हुँदा २३ जना घाइते भएका छन् । यहाँको मरिण गाउँपालिकाबाट काठमाडौँतर्फ जाँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते भएका हुन् । काठमाडौँतर्फ यात्रु

चितवनमा बस दुर्घटनामा १२ जना घाइते

मुग्लिन । चितवनमा सवारी दुर्घटना हुँदा १२ जना  घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार धनगढीबाट काठमाडौँतर्फ आउँदै गरेको ना५ख ९४११ नंको बसलाई नेपालगञ्जबाट काठमाडौतर्फ आइरहेको ना५ख ६६४७ नंको बसले

अरुण नदीमा विरामी बोकेको जीप खस्यो, ६ जना बेपत्ता

काठमाडौं । संखुवावासभाको खाँदबारीबाट दुई जना बिरामी लिएर गएको बोलेरो गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् । धर्मदेवी नगरपालिकाको अक्करको भीरमा मंगलबार राति १० : ५

भरतपुरमा सवारी दुर्घटना, एकको मृत्यु

चितवन । भरतपुर महानगरपालिका–१ आँपटारी नजिक रहेको पानी ट्याङ्की ओरालोमा आज बिहान भएको सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा माडी नगरपालिका–४ शीतलपुर बस्ने २२ वर्षीया निशा


z