• २०८१ बैशाख ८ शनिबार

अछाममा जिप दुर्घटना, तीन जनाको मृत्यु 

kharibot

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ कालिकामा बुधबार बेलुकी जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

बेलुकी सवा ८ बजे मुजाबगरबाट जयगढतर्फ जाँदै गरेको से१ज  ९९५ नम्बरको जिप सडकबाट करिब ७०० मिटर तल खसेको अछाम प्रहरीले जनाएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा जिपमा सवार बान्नीगढी जयगढ–४ का ३८ वर्षीय कालु सिंह आउजी, सोही ठाउँका ३५ वर्षीय अशोक परियार र बैतडीको डिलासैन गाउँपालिका–३ का २२ बर्षीय लाल बहादुर बोहोरा छन् । बोहोराको घटनास्थलमै मृत्यु भएको हो ।

आउजी र परियारको भने उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जानकारी दिएको छ ।

प्रहरीका अनुसार चालकसहित तीन जना भने घाइते भएका छन् ।घाइतेहरुलाई भने उपचारको लागि न्याय हेल्थ बयलपाटा अस्पताल पठाइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै