• २०८१ बैशाख ८ शनिबार

अन्डर-१९ एशिया कप क्रिकेट खेल्ने नेपाली टिमको घोषणा 

kharibot

काठमाडौँ । श्रीलंकामा आयोजना हुने अन्डर-१९ एशिया कप क्रिकेट प्रतियोगिताको लागि नेपाली टिमको छनौट गरिएको छ ।

आगामी सेप्टेम्बर ५ देखि १४ सम्महुने यस एसीसी अन्डर १९ एशिया कपका लागि रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय टिम आज सार्वजनिक गरिएको छ । नेपाली टिम आगामी शनिबार श्रीलंका प्रस्थान गर्दै छ ।

नेपाली टिम : रोहितकुमार पौडेल (कप्तान), रीत गौतम, पवन सराफ, महमद आसिफ शेख, सन्दीप जोरा, भीम सार्की, हरिबहादुर चौहान, कुशल मल्ल, रसिद खान, कमल सिंह ऐरी, सागर ढकाल, खडक बहादुर बोहोरा, सुर्य तामाङ, लोकेश बहादुर बम र प्रतिस जिसी ।

त्यस्तै नेपाली अन्डर १९ टिमका प्रमुख कोच विनोदकुमार दास रहेका छन् भने अपुर्वा देसाई ब्याटिंग कोच रहेका छन् । त्यस्तै विक्रम न्यौपाने म्यानेजर हुने भने सुबास पात्रो ट्रेनरको रुपमा श्रीलंका जाने छन् ।

५० ओभर फर्म्याटमा हुने ८ देशले भाग लिएको यस प्रतियोगितामा नेपाल समुह बि मा श्रीलंका, बंगलादेश र युएई रहेको छ भने समुह ए मा भारत, अफगानिस्तान, पाकिस्तान र कुवेत रहेका छन् ।

खेल तालिका :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै