• २०८१ बैशाख ७ शुक्रबार

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

kharibot

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ ।

दुई दिने नेपाल भ्रमणको आज दोस्रो दिन जयशंकरले राष्ट्रपति निवास शित्तल निवास पुगेर राष्टपति भण्डारीलाई भेटेका हुन् ।

सो भेटमा भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य, नेपालकाल अगी भारतीय राजदुत मन्जित सिंह पुरीलगायत कुटनीतिज्ञहौर्को उपश्थिति थियो ।

बुधबार काठमाडौँ आएका जयशंकरले आजै बिहान पशुपतिनाथको दर्शन समेत गरेका थिए । जयशंकरले पशुपतिनाथ दर्शनपछि पशुपतिनाथ पारिजातको विरुवा रोपेका थिए ।

यस अघि बुधबार उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए भने नेपाल-भारत संयुक्त आयोगको पाँचौ बैठकमा समेत सहभागी भएका थिए । आयोगको बैठक विभिन्न ८० बुँदामा हस्ताक्षर गर्दै बुधबार नै सम्पन्न भएको थियो ।

जयशंकर आजै आफ्नो दुई दिने नेपाल भ्रमण सकेर अपराहन्न ३ बजे स्वदेश फर्किदै छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै