• २०८१ बैशाख ११ मंगलबार

सलमानको दबंग-३ को रिलिज मिति घोषणा, चार भाषामा हुदै छ रिलिज

kharibot

मुम्बई । बलिवुडका दबंग खान सलमान खानकोदबंग सिरिजको तेस्रो फिल्मको रिलिज मिति घोषणा गरिएको छ ।

दबंग-३ को रिलिज आगामी डिसेम्बर २० मा हुने सलमान आफैले घोषणा गरेका छन् ।

दबंग-३ हिन्दीका साथै कन्नड, तमिल र तेलुगु भाषामा समेत रिलिज हुने भएको छ ।  

यस अघिका दुई सिरिज अत्यन्त सफल भएको यस दबंग-३ लाई निर्देशक प्रभुदेवाले निर्देशन गरेका छन् । यस फिल्ममा प्रहरीको भूमिकामा रहने सलमानको यस पटक मुकाबला भने फिल्म मख्खी फेम सुदीपसँग हुने भएको छ ।

दुई सिरिजको सफलतापछि दबंगलाई दक्षिण भारतका तीन भाषामा पनि रिलिज गर्ने तयारीले फिल्मलाई व्यापक बनाउने सलमानको योजना प्रष्ट हुन्छ ।

सलमान र प्रभुदेवा सलमानको क्यारियरकै टर्निंङ फिल्म मानिएको वान्टेडमा काम गरेका थिए । सलमानले वान्टेडपछि काम गरेका सबै फिल्मले सयकरोडको कलेक्सन कटाएका छन् ।

फिल्ममा सोनाक्षी सिन्हा सलमानको अपोजिट रहेकी छन् भने अरबाज खान, माहि गील, टिनु आनन्द, पंकज त्रिपाठी, महेश मंजेरकरलगायतका कलाकारको अभिनय रहेको छ ।

त्यस्तै यस फिल्ममा वारिना हुसैनले मुन्नी बद्नाम हुइ गीतको रिमिक्समा आइटम गीत गर्ने भएकी छन् भने मौनी रोयले पनि एक गीतमा अभिनय गर्दै छन् ।           
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै