• २०८१ बैशाख १२ बुधबार

प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान : के हो प्रधानमन्त्रीको स्वास्थ्य समस्या ?

kharibot

 काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर प्रस्थान गरेका छन् ।  

आज अपरान्ह १।३० बजे थाई एयरबाट धर्मपत्नी राधिका शाक्यलगायतका सहयोगी, निजी चिकित्सक र सुरक्षाकर्मीका साथ सिंगापुरका लागि प्रस्थान गरेका हुन् ।  

अघिल्लो पटक २०७६ साउन १८ गतेदेखि २७ गतेसम्म सिंगापुरको न्यासनल युनिभर्सिटी अस्पताल एसएनयूमा उनको स्वास्थ्य परीक्षण गरिएको थियो  ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा। दिव्या सिंहले एक विज्ञप्ती जारी गरेर जनाए अनुसार  अनुसार  अघिल्लो पटकको स्वास्थ्य परीक्षणमा प्रधानमन्त्री ओलीको शरीरमा मृगौलासम्बन्धी एण्टीबडीको मात्रा केही बढी देखिएको थियो । 
“एण्टीबडीलाई शरीरबाट निश्कासन गरी निराकरण गर्ने उपचार बिधिलाई निरन्तरता दिन  उहाँ  फेरि त्यसतर्फ जान लाग्नु भएको हो ” डा. सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

सिंगापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञहरुको टोलीले उनको मिर्गौलाको थप परिक्षण र क्षमता अभिवृद्धिका लागि आवश्यक उपचार समेत गर्ने विज्ञप्तीमा जनाइएको छ । 

सिंगापुरमा प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अवस्थाको उल्लेखनीय जानकारी भएमा सञ्चार माध्यमलाई जानकारी गराउने डा. सिंहले जनाइन् । “प्रधानमन्त्रीको  स्वास्थ्यका सम्बन्धमा नयाँ र उल्लेखनीय जानकारी प्राप्त भएमा हामी मिडियामार्फत आमनेपाली दिदीवहिनी तथा दाजुभाइहरुलाई अवगत गराउने नै छौं ” डा सिंहले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । 

चिकित्सकको सल्लाह बमोजिम प्रधानमन्त्री ओली स्वदेश फर्कने मिति तय गरिनेछ ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य बुलेटिन :

 

भिडियो कन्फ्रेन्समाफर्त क्याबिनेट सञ्चालन गर्ने व्यवस्था 

यसैबीच उपचारमा लामो समय लाग्ने भएपछि मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन गरिएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार साँझ बसेको मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गरेको हो ।

मन्त्रिपरिषद् बैठक कार्यसञ्चालन विधि संशोधन, भिडियो कन्फ्रेन्समाफर्त बैठक सञ्चालन गर्न सकिने गरि संशोधन गरिएको बताइएको छ ।

मन्त्रिपरिषद्ले बैठक सञ्चालन विधि संशोधन गर्दै प्रधानमन्त्री जहाँ भए पनि भिडियो कन्फ्रेन्समार्फत बैठक गर्न सक्ने व्यवस्था गरिएको छ । 

प्रधानमन्त्री विदेश भएका बेला तत्काल कुनै निर्णय लिनुपरेमा कार्यवाहक प्रधानमन्त्रीले नै मन्त्रिपरिषद्को बैठक राख्ने प्रचलन थियो । तर, अब बैठक सञ्चालन कार्यसञ्चालन विधि संशोधनपछि प्रधानमन्त्रीले देश बाहिरबाट पनि मन्त्रिपरिषद् बैठक गरेर आवश्यक निर्णय लिनसक्ने व्यवस्था गरिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै