• २०८१ बैशाख ११ मंगलबार

नेप्से सामान्य अंक घट्यो, चार समूहले कमाउँदा आठले गुमाए

kharibot

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार पनि नेप्से सामान्य अंकले घटेको छ । आज नेप्से शून्य दशमलव ९९ अंकले घटेर १२ सय १३ दशमलव छ विन्दुुमा झर्दा सेन्सिटिभ इन्डेक्स भने शून्य दशमलव २९ अंकले बढेर दुुई सय ६३ दशमलव ७० विन्दुुमा चढेको छ । 

एक सय ७२ कम्पनीहरुको छ हजार दुई सय ७८ वटा कारोबारमा १० लाख ७७ हजार सात सय २० कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम २६ करोड १६ लाख ७० हजार दुुई सय तीन रुपैयाँ पुुगेको छ । 

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा चार वटा समूहको सूचकमा सुधार देखिए पनि आठ वटा समूहको सूचक घटेका छन् । जसमध्ये वाणिज्य बैंक समूहको सूचक शून्य दशमलव ७१ अंकले घटेर एक हजार ९७ दशमलव ९५ विन्दुुमा झर्दा विकास बैक समूहको सूचक पाँच दशमलव १६ अंकले घटेर १५ सय ८८ दशमलव ९७ विन्दुुमा झरेको छ । 

निर्जीवन बीमा समूहको सूचक पनि ४२ दशमलव एक अंकले घटेर चार हजार सात सय ५९ दशमलव १७ विन्दुुमा झरेको छ । जलविद्युुत्, टे«डिङ, फाइनान्स, उत्पादनमूलक र सामूहिक लगानी कोष समूहको सूचकमा पनि गिरावट आएको छ ।

जीवन बीमा समूहको सूचक भने आज छ दशमलव तीन अंकले बढेर पाँच हजार सात सय दुुई दशमलव ९६ विन्दुुमा चढेको छ । यि बाहेक लघुुबित्त, अन्य र होटल समूहको सूचक पनि बढेका छन् । 

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सबैको लघुुबित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ९६ पैसाले बढेर तीन सय २० रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सिर्जना फाइनान्स वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य चार रुपैयाँ ७४ पैसाले घटेर दुुई सय ६१ रुपैयाँमा कारोबार भएको छ । 

यसैगरी बढी रकम कारोबारका आधारमा पहिलो स्थानमा परेको एनआईसी एशिया बैंकको प्रतिकित्ता चार सय ५४ रुपैयाँ अन्तिम मूल्यमा एक करोड ९१ लाख ४० हजार आठ सय ११ रुपैयाँको कारोबार भएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै