• २०८१ बैशाख ६ बिहीबार

बर्दिया निकुञ्जलाई प्रदेशको प्रमुख पर्यटकिय गन्तव्य बनाइन्छ–मुख्यमन्त्री पोखरेल

kharibot

बर्दिया(गुलरिया) । बर्दिया राष्ट्रिय निकुञ्जलाई प्रदेशको प्रमुख पर्यटकिय गन्तव्यको रुपमा विकास गर्ने प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले बताएका छन । 

नेपाल कम्युनिष्ट पार्टी बर्दियाद्वारा गुलरियामा आयोजित पार्टी कार्यकर्ता र जनप्रतिनिधिहरु बीच २ दिने अन्तरकृया कार्यक्रममा सरिक हुन आउँनु भएका मुख्य मन्त्री पोखरेलले पत्रकार भेटघाटमा सो कुरा बताएका छन् ।

यो बर्ष हामीले बर्दिया राष्ट्रिय निकुञ्ज सम्मको पहुच मार्गलाई प्रदेशको पर्यटकिय मार्गका रुपमा पहिचान गरेको र सो मार्ग बनाउनका लागि प्रदेशबाट आउने बजेटमा समेत कुनै कमि हुन नदिने एक किसिमको अठोट गरेको समेत पोखरेलले बताए ।

निकुञ्ज सम्मका लागि बन्ने पर्यटकिय मार्गलाई प्रदेश नं ५ को प्राथमिकता प्राप्त आयोजनाको रुपमा लिएको मुख्य पन्त्री पोखरेलले बताए । पर्यटकिय मार्ग बने पछि यस क्षेत्र लगाएत बर्दिया जिल्लालाई पर्यटकिय गन्तव्यका रुपमा विकास गर्ने विषयमा महत्वपुर्ण योगदान हुने सक्ने समेत पोखरेलले बताए । 

बर्दिया जिल्लालाई पर्यटकिय हवका रुपमा विकास गर्नका लागि स्थानीय जनप्रतिनिधि संग बृहत छलफल भईरहेको र छलफल पछि जिल्लाको समर्ग विकास गर्ने कार्यमा नयाँ गति आउने समेत मुख्य मन्त्री पोखरेलले भने ।

बर्दिया राष्ट्रिय निकुञ्जमा पछिल्लो गणना अनुसार बयस्त पाटे बाघ ८७ रहेको छ भने एक सिंङे गैंडा ३७ र जंगली हात्ती १ सय भन्दा बढि रहेका छन । 

निकुञ्ज भ्रमणका लागि आन्तरिक तथा बाह्य पर्यटकहरु यस क्षेत्रमा भ्रमण गर्न आउदा बाटो र पुल नै सबभन्दा बढि समस्याको रुपमा रहेको छ । 

प्रदेश सरकारले बर्दिया राष्ट्रिय निकुञ्जलाई पर्यटकिय गन्तव्यको रुपमा विकास गर्दै पर्यटकिय मार्गका रुपमा विकास गर्दै प्रदेश कै मुख्य पर्यटकिय गन्तव्य निर्णय स्वागत योग्य भएको बर्दियाको ठाकुरबाबा नगरपालिकाका नगर प्रमुख घननारायण श्रेष्ठले बताए । पर्यटकिय गन्तव्य संगै पर्यटकिय मार्गका सडकहरु समय मै निर्माण भए भ्रमण बर्ष २०२० लाई समेत टेवा पुग्ने साथै बर्दियामा पर्यटक आगमनमा समेत उल्लेखनिय बृद्घि हुने श्रेष्ठले भने । 

निकुञ्जलाई प्रदेश नं ५ ले प्रदेश कै प्रमुख पर्यटकिय गन्तव्य रुपमा लिएकोमा हामी सबै होटल व्यावसायीहरु खुसी भएको होटल व्यावसायी थारु होमका प्रमुख मोहन थारुले बताए ।  बाटो घाटो प्रमुख समस्या भएको साथै यस अन्य चुनौतिहरु समेत रहेको थारुले भने ।

पर्यटक प्रहरीका साथै यस ठाकुरद्घारा क्षेत्रमा स्थायी रुपमा प्रहरी चौकी, स्वास्थ्य चौकी, एम्बुलेन्स, ईन्टरनेट, बजारको फोहोर व्यवस्थापन लगाएतका समस्याहरुका बारेमा समेत छिटै समाधानका लागि पहल गर्न जरुरी देखिएकोले यी सबै समाधान गर्ने प्रयास भएमा पर्यटक आगमन बढी यस क्षेत्र पर्यटकको हव बन्ने समेत थारुले बताए ।


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै