जयशंकरलाई कसले भेटे, कसले भेटेनन् ?  

खरीबोट

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई विभिन्न नेताहरुले भेटेका छन् ।

जयशंकर बसेको होत द्वारिकाजमा काँग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भेट गरेका छन् ।    

पूर्वप्रधानमन्त्रीहरु समेत रहेका शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका थिए छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् । 

त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने भेट नगरी स्वदेश फर्किएका छन् । जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए । तर प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाएका थिए तर जयशंकर प्रचण्ड भेट्न उनको निवास नआएको बताइएको छ ।

त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समेत जयशंकरलाई भेट नगरेको बताइएको छ । प्रचण्डलाई जस्तै नेपाललाई पनि बिहान होटलमा भेट्न बोलाइएको भएपनि नेपाल नगएको बुझिएको छ ।    

नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् ।

नेपाल भ्रमणका क्रममा बैठकमा भाग लिनुका अलावा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बिहान र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै शिष्टाचार भेट गरेका थिए ।

जयशंकर आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् ।  

सम्बन्धित समाचार

जयशंकरको साइड इफेक्ट : ट्वीटरमा भिड्दै छन् भट्टराई र थापा

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमण सकेर स्वदेस फर्किसकेका छन् । तर जयशंकर फर्केपछि उनको भ्रमणका साइड इफेक्ट विस्तारै बाहिर आउदै छन् । यसै प्रसंगमा अहिले समाजवादी

जयशंकरलाई कसले भेटे, कसले भेटेनन् ?  

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई विभिन्न नेताहरुले भेटेका छन् । जयशंकर बसेको होत द्वारिकाजमा काँग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भेट गरेका छन्

भारतीय विदेशमन्त्री जयशंकरको नेपाल भ्रमण : खराब छबी सुधार्न कति सफल ?

काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री सुब्रमन्यम जयशंकर दुई दिने भ्रमण पुरा गरी आज स्वदेश फर्किदै छन् । बुधबार अपराहन्न बंगलादेशबाट काठमाडौँ ओर्लिएका जयशंकरको दैनिकी व्यस्त रह्यो । जयशंकरले काठमाडौँ

राष्ट्रपति भण्डारी र भारतीय विदेशमन्त्री जयशंकरबीच भेटवार्ता

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस. जयशंकरबीच भेटवार्ता भएको छ । दुई दिने नेपाल भ्रमणको आज दोस्रो दिन जयशंकरले राष्ट्रपति निवास शित्तल निवास पुगेर राष्टपति


z