• २०८१ बैशाख ६ बिहीबार

जयशंकरलाई कसले भेटे, कसले भेटेनन् ?  

kharibot

काठमाडौं । भारतीय विदेशमन्त्री एस जयशंकरलाई विभिन्न नेताहरुले भेटेका छन् ।

जयशंकर बसेको होत द्वारिकाजमा काँग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्षद्वय डा.बाबुराम भट्टराई र उपेन्द्र यादवले भेट गरेका छन् ।    

पूर्वप्रधानमन्त्रीहरु समेत रहेका शेरबहादुर देउवा र डा. बाबुराम भट्टराईले भने जयशंकरलाई होटलमै गएर भेटेका थिए छन् । जयशंकरले देउवासँग १२ बजे र भट्टराईसँग १ बजे होटलमै भेट गरेका हुन् । 

त्यस्तै नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भने भेट नगरी स्वदेश फर्किएका छन् । जयशंकरले बिहीबार बिहान ८ बजे नै प्रचण्डलाई भेटका लागि बत्तिसपुतलीस्थित द्वारिकाज होटलमा बोलाएका थिए । तर प्रचण्डले प्रोटोकल नमिल्ने भन्दै जयशंकरलाई निवासमै भेट्न बोलाएका थिए तर जयशंकर प्रचण्ड भेट्न उनको निवास नआएको बताइएको छ ।

त्यस्तै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले समेत जयशंकरलाई भेट नगरेको बताइएको छ । प्रचण्डलाई जस्तै नेपाललाई पनि बिहान होटलमा भेट्न बोलाइएको भएपनि नेपाल नगएको बुझिएको छ ।    

नेपाल भारत संयुक्त आयोगको पाँचौ बैठकमा सहभागी हुन् जयशंकर बुधबार नेपाल आएका हुन् ।

नेपाल भ्रमणका क्रममा बैठकमा भाग लिनुका अलावा उनले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बिहान र प्रधानमन्त्री केपी शर्मा ओलीसँग बुधबार नै शिष्टाचार भेट गरेका थिए ।

जयशंकर आफ्नो दुई दिने भ्रमण सकेर आजै स्वदेश फर्किएका छन् ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै