कुमारी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच सम्झौता

खरीबोट

काठमाडौ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राईभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिसत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित समाचार

कुमारी बैंक र एनबीआईको संयुक्त वित्तिय साक्षरता अभियान

काठमाडौ । कुमारी बैंक लिमिटेडले नेपाल बैंकिङ्ग ईन्स्टिच्युटसंग वित्तिय साक्षरता कार्यक्रम सम्बन्धी सहकार्य गरेको छ । आजको समयमा वित्तिय जागरूकता अत्यावश्यक रहेको कुरालाई मध्यनजर गर्दै उक्त सहकार्यात्मक सम्झौता गरिएको बैंकले जानकारी

कुमारी बैंक र नेपाल ग्याँस ईन्डष्ट्रीजबीच सहकार्य

काठमाडौ । कुमारी बैंक लिमिटेड र देशकै पहिलो एलपी याँस आयातकर्ता एवम् विक्रेता कम्पनी, नेपाल ग्याँस ईन्डष्ट्रीज प्राइभेट लिमिटेडबीच आय संकलन सुविधा सम्बन्धी एक सहकार्य भएको छ । सो सहकार्य पश्चात्

कुमारी बैंकको साधारण सभा सम्पन्न : १० प्रतिसत बोनस शेयर दिने

काठमाडौ । कुमारी बैंक लिमिटेडको १९औं वार्षिक साधारण सभा बैंकका अध्यक्ष अमिर प्रताप ज.ब. राणाको अध्यक्षतामा सम्पन्न भएको छ । उक्त साधारण सभाले लेखापरीक्षकको प्रतिवेदन सहितको आ.व. २०७५÷०७६ को आर्थिक विवरण,

कुमारी बैंकको बौद्ध बिहारलाई सहयोग

काठमाडौ । कुमारी बैंक लिमिटेडले धार्मिक, सांस्कृतिक र सामाजिक कार्यमा आफ्नो साथ जनाउनका लागि ललितपुरस्थित बौद्ध बिहार संघसँग एक सहकार्य गरेको छ । उक्त सहकार्य अनुरूप बैंकले बौद्ध बिहार संघका विभिन्न


z