• २०८१ बैशाख ६ बिहीबार

कुमारी बैंक र ओम समाज डेन्टल हस्पिटलबीच सम्झौता

kharibot

काठमाडौ । आफ्ना ग्राहकहरुलाई स्वदेशमै गुणस्तरीय स्वास्थोपचारमा सहुलियत दिने उद्देश्यले कुमारी बैंक लिमिटेड र चावहिलस्थित ओम समाज डेन्टल हस्पिटल प्राईभेट लिमिटेडका बीच स्वास्थ्य सेवामा छुट सम्बन्धी सम्झौता भएको छ ।

कुमारी बैंकका नायब प्रमुख कार्यकारी अधिकृत श्री राजीव गिरी र ओम समाज डेन्टल हस्पिटलका अध्यक्ष तथा वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुवास घिमिरेको हस्ताक्षर भएको उक्त सम्झौता–पत्र अनुसार ओम समाज डेन्टल हस्पिटलका विभिन्न स्वास्थोपचार सेवा शुल्कमा ग्राहकवर्गले कुमारी बैंकको डेबिट तथा क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १५ प्रतिसत सम्मको आकर्षक छुट प्राप्त गर्न सक्नेछन् ।

हालसम्म कुमारी बैंकले आफ्ना देशव्यापी १०३ शाखा सञ्जाल, ९२ एटिएम, ३ शाखारहित ईकाई तथा ३ एक्सटेनसन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु प्रदान गर्दै आएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै