पुडासैनी मृत्यु प्रकरणमा नाम जोडेर प्रचार गरिएकोमा रेनु दाहालको आपत्ति

खरीबोट

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् । 

सडक तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । 

गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा रवि लामिछानेसहित तीन जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।

दाहालले जारी गरेको प्रेस विज्ञप्ति :


 

सम्बन्धित समाचार

भरतपुर महानगरपालिका-१६ का वडा अध्यक्षको निधन

चितवन । भरतपुर महानगरपालिका–१६ का वडाध्यक्ष चतुर्मान गुरूङको ५८ वर्षको उमेरमा निधन भएको छ । भरतपुर महानगरपालिकाका प्रवक्ता अरूण पीडित भण्डारीका अनुसार गुरूङको आज बिहान ११ बजे उपचारको क्रममा पुरानो मेडिकल

भरतपुर महानगरपालिकाद्वारा स्मार्ट सिटीका लागि तथ्याङ्क सङ्कलन शुरु

चितवन । भरतपुर महानगरपालिकाले स्मार्ट सिटी बनाउन तथ्याङ्क सङ्कलन आजदेखि शुरु गरेको छ । सात दिनसम्म गुरुयोजना तयारी परियोजना तालीम दिएर एक सय पाँच जनालाई घरधुरी सर्वेक्षणका लागि महानगर क्षेत्रमा

भरतपुर महानगरपालिकाले दूधमा अनुदान

चितवन /  भरतपुर महानगरपालिकाले दुग्ध उत्पादक कृषकले प्रत्यक्षरुपमा पाउने गरी अनुदान दिन शुरु गरेको छ ।  महानगरले दुग्ध उत्पादक सहकारी संस्था, दुग्ध संकलन केन्द्र र निजी डेरीमार्फत कृषकलाई प्रतिलिटर २५ पैसाका

भरतपुर महानगरपालिकाले बजेट निर्माणका लागि विज्ञसंँग छलफल गर्दै

चितवन / भरतपुर महानगरपालिकाले विज्ञहरुको सुझावमा गुरुयोजना र सोही अनुसारको आउँदो आर्थिक वर्षका लागि बजेट निर्माण गर्न छलफल थालेको छ ।  अन्तर्राष्ट्रियस्तरको महानगरपालिका बनाउने संकल्प लिएको भरतपुर महानगरले व्यवस्थित गुरुयोजना बनाउँदैछ ।


z