• २०८१ बैशाख ६ बिहीबार

पुडासैनी मृत्यु प्रकरणमा नाम जोडेर प्रचार गरिएकोमा रेनु दाहालको आपत्ति

kharibot

काठमाडौं । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा आफ्नो नाम जोडेर भ्रामक प्रचार गर्ने काम भएको भन्दै सो महानगरपालिकाकी मेयर रेनु दाहालले आपत्ति जनाएकी छिन् । 

सडक तथा सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको दाहालले बिहीबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

घटनासँग कुनै पनि सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टिकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । 

गत साउन २० गते पत्रकार पुडासैनीले चितवनको कंगारु होटलमा आत्महत्या गरेका थिए । सोही प्रकरणमा रवि लामिछानेसहित तीन जना पक्राउ परेर अनुसन्धानको क्रममा रहेका छन् ।

दाहालले जारी गरेको प्रेस विज्ञप्ति :


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै