• २०८१ बैशाख ८ शनिबार

भारतीय पुर्वमन्त्री चिदम्बरमलाई हिरासतमा राख्न अदालतको अनुमति

kharibot

नयाँ दिल्ली । भ्रष्ट्राचारको आरोपमा बुधबार राति पक्राउ परेका भारतीय पुर्व अर्थमन्त्री तथा गृहमन्त्री पी चिदम्बरम सिबीआईको हिरासतमा रहने भएका छन् ।

आज अदालतमा दुवै पक्षको बहसपछि अदालतले अगष्ट २६ सम्म हिरासतमा राखेर अनुसन्धान गर्न सीबीआइलाई अनुमति दिएको समाचार एजेन्सी एएनआईले जनाएको छ । साथै अदालतले परिवारका सदस्यलाई हरेक दिन आधा घण्टा भेट्न दिने समेत जानकारी गराएको छ ।

चिदम्बरमको पक्षमा भारतीय काँग्रेसका वरिष्ठ नेता एवं वकिल कपिल सिब्बल, अभिषेक मनु सिंघवीलगायतका वकिलले बहस गरेका थिए ।       

साथै चिदम्बरमले आफै पनि आफ्ना कुरा राखेका थिए ।

यस अघि बुधबार राति भ्रष्ट्राचारको आरोप लागेका चिदाम्बरमलाई भारतीय सिबिआइको टोलीले लामो रस्साकस्सी पछि अबेर राति उनकै दिल्लीस्थित घरबाट गिरफ्तार गरेको थियो । 

यसअघि उनले बुधबार साँझ नै भारतीय काँग्रेसको केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गर्दै आफु निर्दोष रहेको र सरकारले राजनीतिक बदला लिन धरपकड गरेको आरोप लगाएका थिए ।

चिदम्बरमले बुधबार उच्च अदालत र सर्वोच्च अदालतमा जमानतका लागि गरेका सबै प्रायस असफल भएका थिए ।

मंगलबारदेखि नै सिबिआइले खोजिरहेको भनिएका चिदम्बरमलाई विदेश जान रोक लगाउने लुकआउट नोटिस समेत जारी गरिएको थियो ।

भारतको मिडिया कम्पनी आइएनएक्स मिडियामा आएको ३०५ करोड विदेशी लगानीसम्बन्धमा अनियमितता गरेको आरोप चिदम्बरममाथि लागेको छ ।  उनीविरुद्ध २०१७ मे १५ मा पहिलो पटक एफआइआर दर्ता गरिएको थियो ।

आइएनएक्स मिडियामा आएको सो विदेशी लागि स्वीकृत गर्दा विदेशी इन्भेस्टमेन्ट प्रमोशन बोर्डले अनुमति दिदा अनिमितता गरेको आरोप लगाइएको हो ।  चिदम्बरम अर्थमन्त्री हुदा सन् २००७ मा सो अनुमति दिइएको थियो । 

साथै चिदम्बरमविरुद्ध एयरसेल-मेक्सिसको ३५ सय करोडको डिलमा चिदम्बरमको भूमिकाका विषयमा समेत सिबिआइले जाँच गरिरहेको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै