आज श्रीकृष्ण जन्माष्टमी : यस्तो छ पौराणिक मान्यता र कृष्ण-लीला प्रसंग

खरीबोट

काठमाडौँ । वैदिक सनातन धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।

अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।

कुरुक्षेत्रमा कौरवहरूसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् श्रीकृष्णका मुखारविन्दबाट व्यक्त ‘श्रीमद्भगवद्गीता’  पवित्र ग्रन्थ मानिन्छ । छोटकरीमा गीता नामले समेत चिनिने यो ग्रन्थ विश्वमै सबैभन्दा बढी भाषामा अनुवाद भएको विश्वास गरिन्छ ।

बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाउनुभएका श्रीकृष्णले पुतना, कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । 

यस अवसरमा आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्णमन्दिरमा ठूलो मेला लाग्दछ । यसैगरी राजधानीको उत्तरपूर्वी भेगस्थित कागेश्वरी मनोहरा नगरपालिकामा रहेको नवतनधाममा पनि भक्तजनको भीड लाग्छ । उत्तरी भेगस्थित बूढानीलकण्ठमा रहेको श्रीकृष्ण भावनामृत सङ्घको कार्यालयमा रहेको कृष्ण मन्दिरमा पनि भक्तजनको भीड लाग्छ ।

यसै उपलक्ष्यमा काठमाडौँका विभिन्न धार्मिक सङ्घसंस्थाद्वारा श्रीकृष्णको झाँकीसहित शोभायात्रा तथा रथयात्रा निकाल्ने चलन छ । यस पर्वका अवसरमा विगतमा सार्वजनिक बिदा दिने गरिए पनि विसं २०६४ पछि काटिएको छ ।

भगवान् श्रीकृष्णको जन्म र लीला प्रसंग

सच्चिदानन्दरुपाय विश्वोत्पत्त्यादिहेतवे ।
तापत्रय—विनाशाय श्री कृष्णाय वयं नुम: ।।

प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्दछ । जगत्-धर्म रक्षाका निम्ति तथा द्वापर युगमा बढ्दै गरेको आसुरी प्रवृत्तिको विनाश र सज्जनहरूको संरक्षण गरी सनातन धर्मको संरक्षणका लागि भगवान् श्रीकृष्णको अवतरण यस धराधाममा भएको हो । श्रीमद्भगवद्गीतामा भगवान् श्रीकृष्णले आफ्नो अवतारको प्रयोजन आफैँ बताउनुहुन्छ :

यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत ।
अभ्युत्थानमधर्मस्य तदात्मानं सृजाम्यहम् ।।
परित्राणाय साधूनां विनाशाय च दुष्कृताम् ।
धर्मसंस्थापनार्थाय सम्भवामि युगे युगे ।।

अर्थात् जबजब यस धर्तीमा धर्ममाथि आँच आउँछ म धर्म रक्षाका निम्ति अवतरित हुन्छु । साधु सन्त जनहरूको रक्षा र दुर्जनहरूको संहारको लागि म अनन्त कालसम्म पुनः पुनः जन्मिरहन्छु । 

द्वापर युगमा उग्रसेन नाम गरेका राजा थिए । उनका छोरा कंस र छोरी देवकी थिइन् । दाजु कंसले आफ्नी बहिनीको विवाह आफ्ना मित्र वसुदेवसँग गरिदिई बहिनी ज्वाँइलाई पु¥याउन बाटोमा जाँदै गर्दा आकाशवाणी सुन्छ “कंस ! तँ जसलाई पु¥याउन जाँदै छस्, उसकै आठौँ गर्भबाट तेरो मृत्यु हुनेछ ।” आकाशवाणी सुनेपछि कंसले आफ्नी बहिनीलाई तत्कालै मार्न तयार भयो । वसुदेवले आफ्ना प्रत्येक सन्तान जन्मने बित्तिकै कंसलाई टक््रयाउने प्रण गरेपछि मात्र कंस मान्न तयार भयो अनि वसुदेव र देवकी दुवैलाई कारागार चलान ग¥यो । क्रमशः छैटौँ पुत्रसम्मलाई जन्मने बित्तिकै कंसले मार्यो । 

देवकीको सातौँ गर्भलाई भने भगवती योगमायाले देवकीको गर्भबाट वसुदेवकी अर्की पत्नी रोहिणीको गर्भमा सारिदिनुभयो । शेष नागका अवतार मानिने बलराम देवकीको सातौँ गर्भ भएर पनि रोहिणीको कोखबाट जन्मनुभयो । सातौँ गर्भ तुहिएको कुरा कंसलाई जानकारी गराइयो । पूर्वजन्ममा भगवान् विष्णुलाई आफ्नो सन्तानका रूपमा प्राप्त गर्ने वर पाएका देवकी र वसुदेवको आठौँ गर्भका रूपमा भाद्र कृष्ण अष्टमीका दिनमा भगवान् अवतरित हुनुभयो । भगवान्को जन्मसँगसँगै चतुर्भुजरूपमा भगवान् विष्णुको दर्शन देवकी र वसुदेवले प्राप्त गरे । भगवान्बाट आफूलाई गोकुलको नन्द बाबाको घरमा पुर्याउने र नन्दबाबाको घरबाट छोरीको रूपमा जन्मेकी योगमायालाई कारागार ल्याउने हुकुम भयो । 

वसुदेवको हातका हत्कडीहरू आफैँ छुटे, कंसका सैनिकहरू मस्त निद्रामा परे, ढोकाहरू आफैँ खुले । 

घनघोर वर्षा भइरहेको कारणले यमुना कुर्लिरहेकी थिइन् तर पनि वसुदेवले बल्लबल्ल गोकुल पुगी यशोदाकी सन्तान योगमायालाई लिएर कारागारमा आए । कारागारमा आएपछि बल्ल सबै सैनिक ब्यँुझिए । कंसले बालिकारूपी योगमायालाई मार्न खोज्दा बालिका हातबाट फुत्किई आकाशमा गएर शक्ति स्वरूप भएर “तँलाई मार्ने बालक जन्मिसकेको छ पापी !” भनी अन्तध्र्यान भइन् । कंसले त्यो दिनमा गोकुलमा जन्मिएका सबै बालकहरूलाई मार्यो तर भगवान् श्रीकृष्णको दैवी शक्तिको अगाडि उसको केही जोर चलेन । कंसले कृष्णलाई मार्न पठाएका पूतना, चाणूर र मुष्टिजस्ता कैयौँ राक्षसहरूलाई कृष्णले बध गरे । कृष्णले अनेक लीलाहरू देखाए । जसलाई  कृष्णचरित्र पनि भनिन्छ ।

वृन्दावनमा गोपालहरूसँग विचरण गर्नु, दही चोरी खानु, बालसखा सुदामासँग खेल्नु , बाँसुरी बजाएर नाच्नु, इन्द्रदेखि ब्रह्मा सम्मको घमण्ड चूर गर्नु, कालीय नाग दमन गर्नु, एक हप्तासम्म गोवर्धन पर्वत उचाल्नु, १६०० गोपिनीहरूसँग प्रेमक्रीडा तथा रासलीला गर्नु आदि जस्ता अनेकौँ लीलाहरू श्रीकृष्णचरित्र अन्तर्गत पर्दछन् । 

कसंले आफ्नै बुवा उग्रसेन राजालाई बन्दी बनाई आफैँ राजा भएर सम्पूर्ण प्रजाहरूलाई दुःख दिने काम ग¥यो । धर्मकर्मको काम ठप्प भयो । असुरहरूको शक्ति बढ्यो र सज्जनहरूले पीडा अनुभव गर्नुप¥यो । जगत्पूरै अस्तव्यस्त भयो । कंस, जरासन्ध, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको तागत बढ्दै गयो । जगत्मा व्याप्त हिंसा र अशान्तिलाई हटाएर सुख र शान्तिको व्यवस्थापन गर्न भगवान् श्रीकृष्ण अवतरित हुनुभयो । भगवान् श्रीकृष्ण विष्णुको पूर्णकला अवतार मानिनुहुन्छ । श्रीकृष्ण लीलापुरुष हुनुहुन्छ । आफ्नो जीवन कालमा उहाँले धेरै लीला गर्नुभयो ।

कंश, शिशुपाल, चाणूर र मुष्टि जस्ता राक्षसहरूको बध गर्नुभयो । श्रीकृष्णको अवतारसँगसँगै आसुरी प्रवृत्तिको अन्त्य भयो । धराधाममा सत्य धर्म र अहिंसाले राहत प्राप्त ग¥यो । युद्धबाट विरत हुन पुगेका अर्जुनलाई आफ्नो कर्तव्य बुझाउन भगवान्ले कुरुक्षेत्रको रणप्राङ्गणमा उपदेश गर्नुभयो । ती भगवान्का पवित्र वाणीहरूको संग्रहलाई हामी श्रीमद्भगवद्गीता भन्दछौँ जसले बाटो बिराएकाहरूलाई मार्गनिर्देश गर्दछ ।भगवद्गीतामा शुद्ध आचार, शुद्ध विचार र शुद्ध कर्मलाई नै धर्म भनी परिभाषित गरिएको छ । श्रीकृष्ण भगवान्का वाणीहरूको सङ्ग्रह भगवद्गीताको अध्ययन हिन्दूहरूले मात्र नभई यसको महत्त्व बुझेका सबै धर्मावलम्बीले गर्ने गरेको पाइन्छ ।

यिनै भगवान् श्रीकृष्णको शुभ जन्मोत्सवको उपलक्ष्यमा द्वापर युगदेखि नै श्रीकृष्ण जन्माष्टमी पर्व मनाइन्छ । गोकुलका गोप गोपिनीहरूले श्रीकृष्णको नामकरणका दिन विशेष नाचगान गरे । त्यो परम्परा भगवान् शिवजीलाई प्राप्त गर्न पार्वतीले गरेको व्रतोपासनसँग जोडिएर हरितालिका तिज पर्वका रूपमा रुपान्तरित हुन पुग्यो । श्रीकृष्ण जन्माष्टमीका दिन विशेष विधिविधानसहित श्रद्धालु भक्तजनहरू व्रतोपासन गर्दछन् । दिनभरि निराहार रहेर भगवान्को नाम सङ्कीर्तन गर्नुका साथैगीता, भागवत आदि पाठ गर्दछन् । मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएको मानी कृष्णको प्रतिमालाई अनावरण गरेर पूजा गरी भजनकीर्तन गाई प्रसाद ग्रहण गरेपछि व्रत पूर्ण भएको मानिन्छ ।

यसप्रकार हिन्दूहरूको महान् पर्व श्रीकृष्णजन्माष्टमीले भगवान्को प्रिय बन्नको लागि सदा धर्मको पालना गर्नुपर्ने सन्देश दिन्छ, मन, वचन र कर्म पवित्र राख्नुपर्ने सन्देश दिन्छ । यस्ता पर्वहरूलाई रमझमको रूपमा मात्र नहेरी यिनको मर्म बुझी सत्कर्म गर्न सके सबैको कल्याण हुनेछ, विश्वमा समता, शान्ति र अहिंसाको सुवास फैलिनेछ । 

सम्बन्धित समाचार

आजदेखि सोह्र श्राद्ध प्रारम्भ, यस्तो छ पौराणिक मान्यता

काठमाडौँ । प्रत्येक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि आश्विन शुक्ल प्रतिपदासम्म गरिने सोह्र श्राद्ध अर्थात् पितृ पक्ष आजदेखि शुरु हुँदै छ । पितृ पक्षको पहिलो दिन आज प्रतिपदा तिथि श्राद्ध गरिन्छ

उमेर नपुग्दै विवाह : परिपक्वतासँगै सम्बन्धविच्छेद

रोल्पा । गाउँकै राजबहादुर थापासँग १३ वर्षको उमेरमा विवाह बन्धनमा बाँधिनुभयो रोल्पा सुनिल स्मृति गाउँपालिका–६ गजुलकी निर्मला थापा । अहिले उहाँको उमेर २० वर्ष पुग्यो । चार वर्षीया एक छोरीसहितको

बालबालिकालाई प्रेम किन सिकाउने ?

मलाई थाहा छ तपाइँले प्रेमलाई साँघुरो घेरामा बुझ्नु हुने छैन् । शारीरिक आशक्तिको रुपमा हेर्नु हुने छैन् । प्रेमको यति साघुरो घेरा पनि हुदैन् । प्रेमको संकुचित र आशक्तिबाट तपाईं

गौरा पर्व भदौ ६ गते

काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको गौरा अर्थात् दुर्वाष्टमी पर्व भाद्र कृष्णअष्टमी अर्थात् श्रीकृष्ण जन्माष्टमीकै दिन मनाउनुपर्ने जनाएको छ ।  भाद्र शुक्लअष्टमी अघि अगस्ति तारा उदय नभएको वर्ष शुक्लअष्टमीका


z