• २०८१ बैशाख ८ शनिबार

जयशंकरको साइड इफेक्ट : ट्वीटरमा भिड्दै छन् भट्टराई र थापा

kharibot

काठमाडौँ । भारतीय विदेशमन्त्री एस जयशंकर नेपालको दुई दिने भ्रमण सकेर स्वदेस फर्किसकेका छन् । तर जयशंकर फर्केपछि उनको भ्रमणका साइड इफेक्ट विस्तारै बाहिर आउदै छन् ।

यसै प्रसंगमा अहिले समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र राप्रपा अध्यक्ष कमल थापाबीच सामाजिक संजालमा घोचपेच चलिरहेको छ ।

जयशंकरलाई समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराई र उपप्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष उपेन्द्र यादव होटलमा गएको प्रसंगलाई उल्लेख गर्दै राप्रपा अध्यक्ष थापाले कुटनीतिक मर्यादा विपरित जयशंकरलाई भेटेको भन्दै लम्पसारवादको नमुना पेश गरेको सामाजिक संजालमा लेखेका थिए । थापाले लेखेका थिए,'फेरि एकपटक देउवा, भट्टराई र यादवले कुटनीतिक मर्यादा र स्वाभिमानलाई उपेक्षा गर्दै लम्पसारवादको नमुना पेश गरे । This is too much.'

थापालाई जवाफ दिदै डा. भट्टराईले दिल्लीको भित्र चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटर जनता ठग्ने विरासत तोडेको बताएका छन् ।

भट्टराईले लेखेका छन्, ' शिशाको घरमा बस्नेले अर्काको झोपडीमा ढुंगा हान्नुहुँदैन भन्ने लोकोक्ति मेरा सहपाठी मित्रले स्मरण गर्नु राम्रो होला ! सुगौलीसन्धी यताका शासकले भित्र दिल्लीको चाकरी गर्ने र बाहिर राष्ट्रवादको डंका पिटेर जनता ठग्ने विरासत तोड्दै हामी छिमेकीसंग देशको हितमा खुलासम्बन्ध राख्ने पक्षमा छौं !'

भारतीय विदेशमन्त्री जयशंकरलाई काँग्रेस सभापति शेरबहादुर देउवा, समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराई र अर्का अध्यक्ष उपेन्द्र यादवले उनी बसेको होटल द्वारिकाजमा पुगेर भेट गरेका थिए भने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र अर्का नेता माधवकुमार नेपालले भने कुटनीतिक मर्यादा विपरित हुने भन्दै होटलमा गएर भेटेका थिएनन् ।
      
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै