• २०८१ बैशाख ११ मंगलबार

माफी मागेपछि मीका सिंहको प्रतिबन्ध हट्यो

kharibot

मुम्बई । चर्चित गायक मीका सिंहलाई बलिवुडमा काम गर्न प्रतिबन्ध हटाइएको छ ।

मीका सिंहले केहिदिन अघि पाकिस्तानमा पर्फर्मेन्स दिएको भन्दै अल इंडिया सिने वोर्कर एसोसियसनले मीकाविरुद्ध प्रतिबन्ध लगाएको घोषणा गरेको हो ।

मीकाले एशोसियसनसँग माफी मागेपछि उनीमाथि लगाएको प्रतिबन्ध हटाएको हो । 

मीकाले केहि दिन अघि पाकिस्तानमा एक वैवाहिक कार्यक्रममा सहभागी हुदै पर्फर्मेन्स दिएका थिए । पाकिस्तानी मिडियाका अनुसार मीकाले पाकिस्तानका पुर्व राष्ट्रपति परवेज मुशरफका आफन्तको विवाहमा कराचीमा गत अगस्ट ८ मा सो पर्फर्मेन्स दिएका थिए ।

एसोसियसनले मीकाविरुद्ध तुरुन्तै देखि लागु हुने गरि एक्सन लिएको जनाउदै फिल्म निर्माण कम्पनि तथा म्युजिक कम्पनिहरुलाई मीकालाई काममा सहभागी नगराउने निर्देशन जारी गरिएको थियो ।

एसोशियसनले देश भन्दा पैसालाई महत्व दिएको आरोप लगाउदै दुवै देशबीच अहिले तनाव भैरहेको बेला पाकिस्तान गएको आरोप लगाएको थियो ।

मिकाले पत्रकार सम्मेलन गरेर नै माफी माग्दै आब देखि यस्तो नगर्ने बताए । साथै मिकाले एशोसियसनसँग लिखितमै माफी माहेको मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

माफी माग्दै मिकाले यस्तो मलाई मात्र किन गरिन्छ भन्ने प्रश्न गर्दै पाकिस्तानी गायकले भारतमा गीत गाउदै छन् उनीहरुलाई यस्तो नियम लागु नहुने भन्दै सबैलाई एउटै व्यबहार हुनुपर्ने बताए । 

भारतीय सरकारले जम्मु कश्मीर बारे विशेष निर्णय गर्दै संबिधानको धारा ३७० हटाएपछि पाकिस्तानले पाकिस्तानमा भारतीय फिल्म, टेलिभिजन च्यानलसहित भारतीय अनलाइन कन्टेन्टमा प्रतिबन्ध लागाएको छ ।    
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै