• २०८१ बैशाख १३ बिहीबार

बाहुबलीले गर्दा दबाब बढ्यो, कयौ रात सुत्न सकिन – प्रभास 

kharibot

मुम्बई । बहुबाली फेम अभिनेता प्रभास दुई बर्षपछि नयाँ फिल्म 'साहो' को रिलिजको तयारीमा रहेका छन् । अहिले प्रचारमा व्यस्त रहेका प्रभास साहोमा श्रद्धा कपुरसँग काम गरेका गरेका छन् । एक्सन फिल्म भनिएको साहो अगस्त ३० मा रिलिज हुदै छ ।

साहो रिलिजको दिन नजिक आउदै गर्दा अभिनेता प्रभासले आफुले निकै दबाब बढिरहेको बताएका छन् ।

साहोबाट दर्शकको अपेक्षा धेरै रहेकोले आफु दबाबमा परेको बताएका छन् । प्रभासले एसएस राजमौलीको निर्देशनमा बनेको बाहुबलीलाई कहिल्लै बिर्सिन नसकिने भन्दै यसले गर्दा साहोले मानसिक तनाव बढेको बताएका छन् ।

प्रभासले भनेका छन्, 'मलाई निर्देशक या फिल्मको स्क्रिप्टको बारेमा कुनै शंका छैन । तर निर्देशक रजमौलीले निकै माथि पुर्याएकाले दबाब बढेको छ । मलाई थाहा छैन मेरा कति फ्यान छन् । तर अहिले उनीहरुको प्रेम बढेको छ । यसैकारण दबाब बढेको छ ।'

प्रभासले साहोको रिलिज नजिकिदै गर्दा कैयौ रात सुत्न समेत नसकेको बताएका छन् । उनले भने,'म तनावका कारण कैयौ दिनसम्म सुत्न सकेको छैन ।जब म घरबाट बाहिर निस्कन्छु मलाई यस्तो लाग्छ कि म सपनामा बाचिरहेको छु । मानिसहरुले मलाई चिन्छन् । यस अघि कसैले चिन्दैन थिए । बाहुबलीले मलाई नयाँ पहिचान दियो । देशमा मात्र होइन दुनियाँ भर मलाई चिन्छन् ।'

उनले अगाडी भने, 'म यस अघि कैयौ पटक मुम्बई आएको छु । त्यति बेला मलाई कसैले चिदैन्थे । अहिले मलाई सबैले चिनेर मेरो नजिक आउछन । एक तेलुगु स्टार हुनुको नाताले म कहिँ पनि जान सक्थे, तर अहिले जे भैरहेको छ सुन्दर चिज भइरहेको छ ।'

साहोको बारेमा बोल्दै प्रभासले सुरुमा एक बर्षमा शुटिंग सकिने लागेको भएपनि एक्सन सिनमा धेरै समय लागेको बताए । आफुले अब धेरै फिल्ममा कम गर्न चाहेको बताउदै प्रभासले पछिल्लो ६ बर्ष निकै सुस्त काम गरेको बताए । अब एक बर्षमा कम्तिमा एक फिल्म गर्ने योजना रहेको पनि उनले बताए ।

सुजिथले निर्देशन गरेको साहोमा प्रभास र श्रद्धाका अलावा जैकी सराफ, शक्ति कपुर र नील नितिन मुकेशको प्रमुख भूमिका रहेको छ ।             

फिल्म साहोको ट्रेलर :

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै