• २०८१ बैशाख १४ शुक्रबार

नेइमारलाई भित्र्याउने होडबाजी !

kharibot

काठमाडौँ । ब्राजिलियन खेलाडी नेइमारको ट्रान्सफरको विषय अहिले विश्वभरका फुटबल प्रेमीहरुका लागि नै टाउको दुखाइको विषय बनेको छ ।

हरेक दिन आउने नयाँ नयाँ बादी सहितका मिडिया रिपोर्टले त झन् नेइमारको विषय पेचिलो बन्दै गएको छ ।

फ्रेन्च लिगसहित स्पेनिस लिग पनि सुरु भइसकेको अवस्थामा नेइमारको ट्रान्सफर अझै ले विषयले रोकिएको छ त भन्ने बारेमा विभिन्न मिडिया रिपोर्टको अध्ययन गरेर पछिल्ला घटनाक्रमलाई यस रिपोर्टमा विश्लेषण गर्ने प्रायस गरिएको छ ।

अहिले नेइमारलाई भित्र्याउन दुई स्पेनिस महारथी क्लब रियल म्याड्रिड र बार्सिलोना लागेका छन् । साथै नेइमारलाई भित्र्याउने प्रयासमा इटालियन क्लब युभेन्टस पनि लागेको छ ।

सुरुमा बार्सिलोना मात्र नेइमार मात्रै लागेका बेला पिएसजी र बार्सिलोनाबीच सार्थक प्रयास भएका थिएनन् । तर जब रियल म्याड्रिड नेइमारलाई भित्र्याउने प्रयासमा लाग्यो त्यसपछि बार्सिलोनाले पनि आफ्नो प्रयास तिब्र पारेको देखिन्छ । करिब साढे २ सय मिलियन डलर तिरेर नेइमारलाई किनेको पिएसजीले भने जताबाट आफुलाई धेरै पैसा आउछ त्यतै नेइमारको डिल गर्ने सोचाइमा रहेको देखिन्छ ।

अहिले रियल म्याड्रिडले खेलाडीसहित सय मिलियन डलर दिने प्रस्ताव पिएसजीलाई दिएर बार्सिलोनाको प्रयासमा भिलेन बनेको देखिन्छ । तर बार्सिलोना भने यस सिजनमा ग्रीजम्यानसहितका खेलाडीमाथि थुप्रै पैसा खर्च गरेका कारण नगद दिएर किन्ने अवस्थामा रहको छैन । यस कारणले न त पिएसजी बार्सिलोनाको बिचमा कुरा मिलन सकेको छ नत रियल म्याड्रिडको प्रस्तावमा नै कुनै ठोस सहमति बन्न सकेको छ ।

अर्को पक्ष भनेको नेइमारको चाहना बार्सिलोना नै जाने र बार्सिलोनामा लियोनेल मेसीको चाहना नेइमारलाई जसरी पनि ल्याउने भएकाले नेइमार बार्सिलोना जाने सम्भावना बढी देखिन्छ । बार्सिलोनाकोइ प्रयास पनि मेसीकै कारणले उनलाई खुशी पार्न भएको मिडिया रिपोर्ट बाहिर आएको छ ।

यस अवस्थालाई बुझेर नै पिएसजीले कम्प्रमाइज गरेर नेइमारलाई बार्सिलोना पठाउने निर्णय नगरेको देखिन्छ । किनकी बार्सिलोनाको भन्दा राम्रो अफर लिएर रियल म्याड्रिड र युभेन्टस बसिरहेका छन् । तर खेलाडी ट्रान्सफरको अन्तिम मिति सेप्टेम्बर २ सम्म यो निर्णय गरिसक्नु पर्ने भएकाले अबका केहि दिनमा नेइमार बारे निर्णय हुने देखिन्छ ।

मिडिया रिपोर्टका अनुसार पिएसजीले बार्सिलोनालाई नेइमार बारे ठोस प्रस्ताव ल्याउन आजसम्मको समय दिएको छ । यस अघि बार्सिलोनाका प्रतिनिधि पिएसजी आएर दिएको प्रस्ताव अस्विकार गरेको पिएसजीले बार्सिलोनाबाट उपयुक्त प्रस्ताव नआए रियल या युभेन्टससँगक ओदिल अगाडी बढाउने बताइएको छ ।

यता युभेन्टसका अर्जेन्टिनी स्टार पाउलो डिबाला पिएसजी आउन इच्छुक देखिए पछि डिबाला र नेइमारको ट्रान्सफरलाई एकै ठाउमा राखेर समेत हेर्न थालिएको छ । बार्सिलोनाले नेइमार बार्सिलोना फर्किने वातावारण नबनेमा रियल म्याड्रिड कुनै पनि हालतमा जान नदिने प्रयासमा रहेको बताइएको छ । बार्सिलोनाले यसका लागि मेसीलाई समेत प्रयोग गरेको बताइएको छ । यदि यस्तो भयो भने नेइमार युभेन्टस जाने देखिन्छ । तर बार्सिलोनासँग डिल नमिलेमा पिएसजीका अध्यक्ष र रियल म्याड्रिडका अध्यक्षबीचको राम्रो सम्बन्धका कारण रियल म्याड्रिड समेत धेरै पछाडी भने रहको देखिदैन । यस अघि नेइमार बार्सिलोना जादा रियल म्याड्रिडले नेइमारसँग साइन गर्ने अवसर धेरै नजिक पुगेर गुमाएको बताईन्छ ।

यसरी गत सिजन राम्रो प्रदर्शन नगरेको रियल म्याड्रिड, धेरै बर्ष च्याम्पियन्स लिग जित्न नसकेको बार्सिलोना र च्याम्पियन्स लिग जित्ने सपना देखिरहेको युभेन्टसबीच नेइमारका बारेमा अहिले एक किसिमको युद्ध नै भइरहेको देखिन्छ ।

२७ बर्षिय नेइमारले पिएसजीम,आ दुई सिजनमा ५८ खेल खेल्दै ५१ गोल गरेका छन् भने यस अघि बार्सिलोनामा चार सिजन खेल्दै १८६ खेलमा १०५ गोल गरेका थिए । त्यस्तै ब्राजिलका लागि अहिलेसम्म नेइमारले ९७ खेलमा ६० गोल गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै