• २०८१ बैशाख ११ मंगलबार

मैत्रीपूर्ण खेलका लागि नेपाली टिम आज मलेसिया प्रस्थान गर्दै

kharibot

काठमाडौँ । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले मलेसियन सुपर लिग च्याम्पियन जोहार डारुल टाजिम क्लबसँग मैत्रीपूर्ण खेल खेल्ने भएको छ ।

यही भदौ ९ गते हुने उक्त मैत्रीपूर्ण खेल खेल्न नेपाली टोली राष्ट्रिय फुटबल टोली आज राति १०:०० बजे मलेसिया प्रस्थान गर्ने अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले जनाएको छ । 

कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकपअन्तर्गत एशियाको दोस्रो चरण छनोटको तयारीका लागि नेपालले मलेसियन क्लबसँग उसैको मैदानमा मैत्रीपूर्ण खेल खेल्न तय भएको एन्फाले जनाएको छ । 

फिफा विश्वकपअन्तर्गत दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’ मा रहेको छ । नेपालको समूहमा कुवेत, अष्ट्रेलिया, जोर्डन र चाइनिज ताइपे छन् ।

मलेसिया जाने नेपाली टोलीको गोलकिपरमा विकेश कुथु, एलन न्यौपाने र विशाल श्रेष्ठ छन् भने डिफेन्डरमा अजित भण्डारी, दिनेश राजवंशी, सरोज दाहाल, अनन्त तामाङ, सुमन अर्याल, देवेन्द्र तामाङ र रजिन धिमाल छन् । 

त्यसैगरी मिडफिल्डरमा सुनिल वल, रवि पासवान, अञ्जन विष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ र विशाल राई छन् भने फरवार्डमा विमल घर्तीमगर, विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै