• २०८१ बैशाख ८ शनिबार

नेप्से १२ सय १३ बिन्दुमा : एक अर्ब ५४ करोडको कारोबार

kharibot

काठमाडौ । यो साता नेपाल स्टक एक्स्चेन्ज लिमिटेड (नेप्से) मा एक सय ७३ कम्पनीहरुको ३५ हजार आठ सय १५ वटा कारोवार भएकाछन । जसअनुसार ६१ लाख पाँच सय ५९  कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ५४ करोड ४५ लाख ९७ हजार एक सय २१ रुपैयाँ पुगेको छ । कारोवार रकम गत साताको तुलनामा घटी हो । 

गत साता भने नेप्सेमा एक सय ७१ कम्पनीहरुको ५१ हजार चार सय १६ वटा कारोवार भएका थिए । जसअनुसार ७५ लाख ४४ हजार १३ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ७८ करोड ९२ लाख २३ हजार तीन सय ६६ रुपैयाँ पुगेको थियो । यो साता बजार परिसुचक १२ सय १३ दसमलव छ बिन्दुमा पुगेर रोकिएको छ । यसैगरी क बर्गका कम्पनीहरुको कारोवार मापन गर्ने सेन्सिटिभ इन्डेक्स पनि दुई सय ६३ दसमलव ७० अंकमा पुगेर रोकिएको छ ।

यो साता नेप्सेको नियिमत कारोवार कक्ष पाँच दिन नै खुल्ला रहेको थियो । जसमध्ये पहिलो, तेस्रो र पाँचौ दिन नेप्से घटेको थियो भने दोस्रो र चौथो दिन नेप्से बढेको थियो । पहिलो दिन बजार परिसुचक नौ दसमलव दुई अंकले घटेर १२ सय १४ दसमलव ८३ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ५७ अंकले घटेर दुई सय ६३ दसमलव ११ अंकमा झरेको थियो ।

दोस्रो भने बजार परिसुचक सात दसमलव २३ अंकले बढेर १२ सय २२ दसमलव छ अंकमा पुगेकोमा सेन्सिटिभ इन्डेक्स पनि एक दसमलव ८५ अंकले बढेर दुई सय ६४ दसमलव  ९६ अंकमा चढेको थियो ।

तेस्रो दिन भने बजार परिसुचक आठ दसमलव ४३ अंकले घटेर १२ सय १३ दसमलव ६३ अंकमा झरेको थियो भने सेन्सिटिभ इन्डेक्स एक दसमलव ७६ अंकले घटेर दुई सय ६३ दसमलव १९ अंकमा झरेको थियो । साताको चौथो दिन सेयर बजार परिसुचक शुन्य दसमलव ४२ अंकले बढेर १२ सय १४ दसमलव पाँच अंकमा चढेकोमा सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव २२ अंकले बढेर दुुई सय ६३ दसमलव ४१ अंकमा चढेको थियो ।

साताको पाँचौ दिन पनि सेयर बजार परिसुचक शुन्य दसमलव ९९ अंकले घटेर १२ सय १३ दसमलव छ अंकमा झरेकोमा सेन्सिटिभ इन्डेक्स भने शुन्य दसमलव २९ अंकले बढेर दुई सय ६३ दसमलव ७० अंकमा चढेको थियो । 

यो साता बढी रकम कारोवार गर्ने कम्पनीहरुको नेपाल बैंक, एनआईसी एशिया बैंक, कृषि बिकास बैक आदि परेकाछन भने कारोवार भएको सेयर संख्याको आधारमा रसुवागढी हाईड्रो पावर कम्पनी, एनआईसी एशिया बैक आदि परेकाछन ।

बजार पुंजीकरणका आधारमा भने भने यो साता पनि नेपाल टेलिकम, नबिल बैंक, नेपाल इन्भेष्टमेन्ट बैंक, स्टान्र्डड चार्टड बैंक लगायतका कम्पनीहरु अगाडि परेकाछन ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै