• २०८१ बैशाख १२ बुधबार

विपी साहित्य सम्मान पुरस्कार वैरागी काइलालाई प्रदान

kharibot

काठमाडौँ । विपी कोइराला स्मृति ट्रष्टले प्रदान गर्दै आएको विश्वेश्वरप्रसाद कोइराला साहित्य सम्मान पुरस्कार र सेनानी पुरस्कार वरिष्ठ साहित्यकार तिल विक्रम नेवाङ 'वैरागी काइला' लाई प्रदान गरिने भएको छ ।

ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको संयोजकत्वमा ट्रष्टका सदस्य डा धुव्रचन्द्र गौतम र सुशीलमान शेरचनसहितको निर्णायक समितिले यस वर्षको साहित्यिक सम्मान वैरागी काइलालाई प्रदान गर्ने निर्णय गरेको ट्रष्टका महासचिव रामचन्द्र पोखरेलले जानकारी दिएका छन् ।

यसैगरी यस वर्षको प्रजातन्त्र सेनानी सम्मान पुरस्कार-२०७६ प्रजातन्त्र स्थापनाको आन्दोलन एवं संघर्षका महत्वपूर्ण योगदान पुर्याउने सप्तरीका मधुकान्त सिंहलाई दिने निर्णय गरेको छ ।

जसमा साहित्य सम्मान तथा पुरस्कारको राशि रु एक लाख एक हजार रहेको छ भने सेनानी सम्मानको रकम रु २५ हजार रहेको छ ।

पुरस्कार तथा सम्मान आगामी भदौ २४ गते विपी कोइरालाको जन्मजयन्तीका अवसरमा प्रदान गरिने महासचिव पोखरेलले बताए । 

जननायक विपी कोइरालाको शतवार्षिकीबाट प्रदान गर्देआएको सम्मानमध्ये २०७१ को साहित्य सम्मान रत्नशम्शेर थापा, २०७२ को गोपाल पराजुली, २०७३ भुवन ढुंगेल, २०७४ मा अभि सुवेदीलाई र २०७५ मा रोचक घिमिरेलाई प्रदान गरिएको थियो ।

यस्तै सेनानी सम्मान २०७१ को नुतन थपलिया, २०७२ को तारानाथ कोइरालालाई, २०७३ को श्यामलाल श्रेष्ठ, २०७४ को तिर्थराज चैतु र २०७५ मा स्व. चक्र बास्तोलालाई प्रदान गरिएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै