• २०८१ बैशाख ११ मंगलबार

दोलखाका युवा व्यवसायी सुरेशचन्द्र खडका राप्रपामा 

kharibot

काठमाडौँ । राप्रपा वरिष्ठ उपाध्यक्ष एवं पुर्वमन्त्री बुद्धिमान तमाङले दोलखाका युवा व्यवसायी सुरेशचन्द्र खडकालाई राप्रपामा स्वागत गरेका छन् । 

राप्रपा केन्द्रीय कार्यालय धुम्वाराहीमा खडकालाई स्वागत गर्दै तामाङले राष्ट्रवादी पार्टी राप्रपामा सक्रिय भएकोमा खडकालाई बधाई दिदै युवाहरूको साथ र सहयोगले राप्रपा मुलुकको अग्रणी पार्टी बन्ने विश्वास व्यक्त गरेका छन् ।

खडकालाई पार्टीका महामन्त्री भास्कर भद्रा,प्रवक्ता भुवन पाठक,प्रदेश नं ४ का अध्यक्ष हेमजंग गुरूङ, केन्द्रीय सदस्य तथा प्रवास विभाग प्रमुख विजय खडका, जनजाति विभागका अध्यक्ष लालध्वज लामा लगायतले बधाई ज्ञापन गरेका थिए । 

सो अवसरमा खडकाले राप्रपालाई मुलुककै अग्रणी पार्टी वनाउन हर तरहले सहयोग गर्ने बताए ।

खड्कालाई आजै राप्रपा दोलखाले जिल्ला कार्यसमिति सदस्य तथा जिल्ला सहकारी संगठन प्रमुखमा मनोनयन गरेको छ ।

विगु- ४ दोलखा निवासी खड्का दोलखा चेम्वर अफ कमर्सका सदस्य, गगनचुम्बी सहकारी संस्थाका अध्यक्ष, समाजसेवी, निर्माण व्यवसायी तथा दोलखाको उत्तरी भेगका प्रभावशाली युवा व्यवसायी हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै