• २०८१ बैशाख ५ बुधबार

अस्ट्रेलियाको बलिङ अगाडी टिकेन इङल्याण्ड, ६७ रनमा अलआउट

kharibot

काठमाडौँ । जारी तेस्रो एशेजको दोस्रो दिन घरेलु टिम इङल्याण्डले खराब ब्याटिंग गरेको छ ।

अस्ट्रेलियालाई पहिलो दिन १७९ रनमा समेटेको इङल्याण्डले आफ्नो पहिलो इनिंगमा केवल ६७ रन बनाउदा अल आउट भएको छ ।

यो सँगै पहिलो इनिंगमा अस्ट्रेलियाले ११२ रनको अग्रता लिएसँगै टेस्टमा बलियो अवस्थामा पुगेको छ ।    

इङल्याण्डका लागि जोनी डेनलीले बनाएको १२ रन नै सर्वाधिक रन बन्न पुग्यो भने अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउने सकेनन् । इङल्याण्डका रेरी बर्न्स र जासन रोय ९-९ रन बनाएर आउट भए भने कप्तान जोय रुट शुन्यमा आउट भएका थिए ।

त्यस्तै बेन स्टोकले ८, जोनी बैरस्ट्रवले ४ जोस बटलरले ५, कृष् वोक्सले ५, जोफ्रा आर्चरले ७ र जयक लीच १ रन बनाएर आउट भए । त्यस्तै स्टुअर्ट बोर्ड ४ रन बनाएर अविजित रहे ।

त्यस्तै अस्ट्रेलियाका जोस हेजलवुडले सर्वाधिक ५ विकेट लिए । त्यस्तै पाट कमिन्सले ३ विकेट लिए भने जेम्स पाटीन्सनले २ विकेट लिए ।

यस अघि पहिलो दिन जोफ्रा आर्चरको घातक बलिङ पछि तेस्रो टेस्टको पहिलो इनिंगमा अस्ट्रेलिया १७९ रनमा समेटिएको थियो ।

बर्षाले प्रभावित तेस्रो एशेजको पहिलो दिन अस्ट्रेलिया टस गारेर पहिला ब्याटिंग गर्दै १७९ रन बनाउदै अल आउट भएको हो ।

अस्ट्रेलियाका लागि स्टिभ स्मिथको ठाउमा टिममा आएका मार्नस लाबुस्चागनेले सर्वाधिक ७४ रन बनाएका थिए भने डेविड वार्नरले ६१ रन बनाए ।

त्यस्तै कप्तान टिम पानेले ११ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् । मार्क्स ह्यारिस र उसमान ख्वाजा ८-८ रन तथा ट्रेभिस हेड, पाट कमिन्स र म्याथ्यु वाडे शुन्यमा आउट भएका थिए । त्यस्तै जेम्स पाटिनसनले २, नाथन लियोन र हाजेलवुडले १-१ रन बनाएका थिए ।

इङल्याण्डका बलर जोफ्रा आर्चरले अस्ट्रेलियाका ६ ब्याट्सम्यानलाई आउट गरेका थिए । केवल दोस्रो टेस्ट खेलिरहेका आर्चर सटिक र बाउन्सर बलिङका कारण चर्चामा रहेका छन् ।

त्यस्तै स्टुअर्ट बोर्डले २ विकेट लिए भने क्रिस वोक्स र बेन स्टोकले एक एक विकेट लिएका थिए ।

सिरिजमा पहिलो खेल जितेर अस्ट्रेलिया १-० ले अगाडी रहेको छ भने दोस्रो खेल बराबर भएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै