• २०८१ बैशाख ६ बिहीबार

अफगानिस्तानमा कारबाहीको क्रममा २५ लडाकू मारिए

kharibot

अफगानिस्तान । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खको चामताल जिल्लामा तालिबान लडाकूविरुद्ध अफगान सेनाले गरेको सुरक्षा कारबाहीमा कम्तीमा २५ लडाकू मारिएका छन् । 

सो जिल्लाको उत्तरी क्षेत्रको सेनाका प्रवक्ता हानिफ रेजाइले सो कारबाही भएको पुष्टि गर्नु भएको छ । चामताल जिल्लाको कैयौ गाउँहरुमा शुत्रबार अपराह्न सो कारबाही गरिएको थियो । 

चामताल जिल्लामा रहेका सशस्त्र तालिबान लडाकूविरुद्ध अफगान सेनाले बारम्बार कारबाही गर्दै आएका छन् । बाल्ख प्रान्तमा सक्रिय रहदै आएका तालिबान लडाकू समूहले यस विषयमा केही पनि टिप्पणी गरेका छैनन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै