• २०८१ बैशाख १३ बिहीबार

काँग्रेस-कम्युनिस्ट चल्ने राप्रपा नचल्ने हुदैन- राजेन्द्र लिङ्देन

kharibot

हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री एबं सांसद राजेन्द्र लिङ्देनले काँग्रेस-कम्युनिस्ट यो मुलुकमा चल्ने राप्रपा नचल्ने हुदैन भन्दै धर्म, संस्कृती बिकास र समृद्धिको पक्षमा कृयाशिल राप्रपा स्थापित भएरै छाड्ने दृढता ब्यक्त गरेका छन् । 

मकवानपुरको हेटौंडामा पार्टीको जिल्ला कार्य समितीद्वारा आज आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै लिङ्देनले सत्य , निष्ठा र इमान्दारीताको पक्षमा काम गर्ने राप्रपाका कार्यकर्ताहरु जनताको माझमा जान ढिला गर्न नहुनेमा जोड दिएका छन् ।

मुलुकलाई बैकल्पिक राजनैतिक बिचारधारा दिने कमल थापाको जिल्लामा आएर बोल्न पाउँदा खुशी लागेको भन्दै लिङ्देनले देशमा ब्याप्त बिकृती, बिसंगति र भ्रस्टाचारको विरुद्धमा जनता जाग्ने बेला आएको बिचार ब्यक्त गरे ।

गणतन्त्र, धर्म निरपेक्षता र संघीयताले मुलुकलाई निकास दिने नभई समस्याको दलदलमा फसाएको चर्चा गर्दै उनले मुलुकको स्वाधिनता, स्थिरता र बिकासको निमित्त राप्रपाले अघि सारेको मार्ग चित्रबाट मात्र देशलाई जोगाउन सकिने दाबी गरे ।

राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेताहरु सिताराम बर्तौला, खिल प्रसाद चौलागाईं, रामकृष्ण तिवारी , गुरु प्रसाद सापकोटा बालकुमारी डल्लाकोटी लगायतले बोलेको पार्टीका सहायक महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै