• २०८१ बैशाख ५ बुधबार

अरिङ्गालको टोकाइबाट महिलाको मृत्यु

kharibot

जाजरकोट । जाजरकोटमा अरिङ्गालको टोकाइबाट एक महिलाको ज्यान गएको छ । नलगाड नगरपालिका– १ पालि ठूलाबगरका ५५ वर्षीया बेलमति पुनको अरिङ्गालको टोकाइबाट आज मुत्यु भएको हो । 

घाँस काट्न गएकाबेला शुक्रबार बिहान अरिङ्गालले टोकेपछि उपचारका लागि रुकुम पश्चिमको मिसन हस्पिटल चौरजहारी लगिएको थियो । चौरजहारी अस्पतालले नेपालगञ्ज उपचारका लागि लिन सिफारिश गरे पनि परिवारका सदस्यले बेलमतिलाई केही सञ्चो भएको भन्दै शुक्रबार राति घर फर्काएका थिए ।

आज बिहान फेरि दुखाइ बढेपछि रुकुम पश्चिमको आठबिसकोट नगर अस्पाल पुर्याएको भए पनि उपचार गर्दा, गर्दा उहाँको मृत्यु भएको अस्पतालले जनाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै