सम्भवत: आइतबार प्रारम्भिक न्याय पाउने छु – रवि लामिछाने 

खरीबोट

काठमाडौँ । शालिकराम पुडासैनी प्रकरणमा हिरासतमा रहेका टेलिभिजन प्रस्तुतकर्ता रवि लामिछानेले आफुले प्रहरीको अनुसन्धानलाई सघाई रहेको बताएका छन् ।

दोस्रो पटक म्याद थपको आज अन्तिम दिन आफ्नी पत्नीको फेसबुकमार्फत रविले प्रहरीको अनुसन्धानलाई सघाइरहेको र पूर्ण रुपमा सघाउने बताउदै न्याय नमरेको बताएका छन् ।

रविले भनेका छन्, ‘प्रहरीको अनुसन्धानलाई सघाईरहेको छु । पूर्ण रुपमा सघाउँने छु । न्याय अझै मरेको छैन । सम्भवत : सम्माननीय अदालतले भोलि (आईतबार ) मलाई प्रारम्भिक न्याय दिनेछ । यो १० दिनको दौरानमा विश्व भरि छरिएर रहनु भएका सम्पूर्ण आमा बुबा, दाजु भाई तथा दिदी बहिनी सहित सम्पूर्ण ब्यक्तित्वहरुले न्यायका निम्ति आवाज उठाउँदै साथ सहयोग र समर्थन गरिदिनु भएकोमा हृदय देखि आभार ब्यक्त गर्दछु ।’

रवि लामिछानेसहित तीन जनालाई गत मंगलबार चितवन जिल्ला अदालतले आजसम्मका लागि हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो । प्रहरीले आइतबार तिनै जनालाई आइतबार अदालत लैजाने छ ।
  
 

सम्बन्धित समाचार

पुडासैनी मृत्यु प्रकरणमा रवि लामिछाने उच्च अदालतमा 

काठमाडौं । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा टेलिभिजनकर्मी रवि लामिछानेले उच्च अदालत हेटौडामा दर्ता गराएको पुनरावेदन निवेदनमा अदालतले कैफियत प्रतिवेदन माग गरेको छ ।  न्यायाधीश टेकराज नेपालको इजलाशले लामिछाने र युवराज कँडेलले

रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी

काठमाडौं । कञ्चनपुरका पत्रकार खेम भण्डारीले न्यूज २४ टेलिभिजनको ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका प्रस्तोता रवि लामिछानेविरुद्ध प्रेस काउन्सिलमा उजुरी दिएका छन् ।  लामिछानेले आचारसंहिता पालना नगरी आफूलाई टेलिभिजन कार्यक्रममा ल्याएको भन्दै

के हो चितवनको संदेश ?

काठमाडौँ । पछिल्ला केहि साता चितवन निकै चर्चित रह्यो । पत्रकार शालिकराम पुडासैनीको मृत्युपछि टेलिभिजन प्रस्तोता रवि लामिछाने, पत्रकार युवराज कँडेल र अस्मिता भनिने रुकु कार्कीलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ

रवि लामिछानेलाई पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन र विदेश जान रोक

काठमाडौं । संचारकर्मी रवि लामिछानेले पत्रकार शालिकराम पुडासैनी प्रकरणमा कार्यक्रम चलाउन नपाउने भएका छन् । अदालतमा विचारधिन मुद्दा भएकाले उनले सो सम्बन्धी समाचारमा बोल्न नपाउने भएका हुन् । अदालतले आफ्नो  टेलिभिजन


z