काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेड पराजित भएको छ ।
गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेड क्रिस्टल प्यालेससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
युनाइटेड घरेलु मैदान ओल्ड टाफोर्डमा भएको खेलमा पराजित भएको हो । क्रिस्टल प्यालेसको जितमा जोर्डन आएव र प्याट्रिक भान अन्होएटले एक एक गोल गरेका थिए । त्यस्तै युनाइटेडका लागि एक गोल डेनियल जेम्सले एक गोल गरेका थिए ।
युनाइटेडले खेलको ७०औ मिनेटमा पाएको पेनाल्टी मार्कोस राशफोर्डले मिस गरेका थिए । राशफोर्डले हानेको पेनाल्टी पोलमा लागेर बाहिरिएको थियो ।
१-१ गोलको बराबरी रहेको अवस्थामा क्रिस्टल प्यालेसक प्याट्रिकले अतिरिक्त समयको ९३औ मिनेटमा गोल गर्दै क्रिस्टललाई जिताया थिए ।
यस सिजनको प्रिमियर लिगमा युनाइटेड पहिलो खेलमा चेल्सीमाथि जित हासिल गरेको थियो भने दोस्रो खेलमा वाल्भ्ससँग बराबरी खेलेको थियो ।
क्रिस्टल प्यालेसले यस सिजनमा पहिलो खेल एभर्टनसँग बराबरी खेलेको थियो भने दोस्रो खेलमा शेफिल्ड युनाइटेडसँग पराजित भएको थियो ।
युनाइटेड अब अर्को खेल साउथहम्पटनसँग आगामी शनिबार खेल्ने छ । क्रिस्टल प्यालेसले अब अर्को खेल आगामी शनिबार एस्टन भिल्लासँग खेल्ने छ ।